ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको बिल तिर्न नागरिक कार्यालयमा लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। हेटौँडामा विद्युत् डिभिजन कार्यालयका प्रमुखहरूसँगको छलफलमा उनले नेपाल विद्युत् प्राधिकरणलाई अनलाइन भुक्तानीको सुविधा विस्तारसँगै त्यसको प्रयोग बढाउन आग्रह गरेका हुन्। डिजिटल भुक्तानी विस्तार गर्ने योजना प्राधिकरणको सञ्चालक समितिबाट स्वीकृत भइसकेको […]
काठमाडौँ। नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ः०० बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने छ। कटुवालका अनुसार सोमबार साँझ ५ः०० बजे मतदाता नामावली प्रकाशन हुनेछ। यसैगरी ५ः०० देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, ६:३० देखि ७:३० सम्म […]
१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले विगत दुई दशकको आफ्नो भूमिकाको निर्मम समीक्षा गर्दै सत्ता र पदमुखी राजनीतिले नागरिकसँगको दूरी बढाएको स्वीकार गरेको छ।
काठमाडौंमा जारी १५औं महाधिवेशनको दोस्रो दिन सोमबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी …
त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएपछि नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडान सुरु भएको छ। पुल निर्माणका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेको र बुधबारदेखि नेपाली सेनाको टोलीले पुल जडानको काम सुरु गर्ने भएको छ। दसैँको फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। नेपाली सेनाका सेनानी चिरञ्जीवी […]
१९ असोज, टोकियो । खेल पत्रकार नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ का विषयमा जापानको टोकियोमा अन्तर्क्रिया गरिएको छ ।
जापानमा बसोबास गर्दै आएका नेपाली समुदायको उपस्थितिमा आइतबार साँझ आयोजित कार्यक्रममा लेखक अर्यालले पुस्तकका विविध पक्षबारे …
काठमाडौँ । दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा निर्णय गर्न यातायात व्यवस्था विभागले मंगलबार यातायात व्यवसायी, मजदुर संगठन, ट्राफिक प्रहरीसहितका सरोकारवालाको बैठक बोलाएको छ। चाडबाड नजिकिए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ औपचारिक रूपमा नखुल्दा काठमाडौँ उपत्यकाबाट घर फर्कने तयारीमा रहेका यात्रु अन्योलमा छन्। यही विषयमा छलफल गरी आवश्यक निर्णय लिन विभागले […]