उत्तर कोरियाका सशस्त्र फौजहरूले रेलबाट क्षेप्यास्त्र प्रक्षेपण गर्न सफलता हासिल गरेका छन् ।
उक्त क्षेप्यास्त्र ८०० किलोमिटर पर पुगेर देशको पूर्वी तटमा रहेको तारोमा ठोकिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ ।
‘रेलबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र प्रणालीले जोखिम तेर्स्याउने बलहरूलाई कठोर प्रहार गर्न सक्छन्,’ मार्शल पाक जोङ चोनले बताए । उनी उत्तर कोरियाको वर्कर्स पार्टीको पोलिटब्युरो सदस्य हुन् ।
बुधवार गरिएको क्षेप्यास्त्र प्रक्षेपणको निगरानी उनैले गरेका थिए ।
रेलको डब्बाबाट प्रोजेक्टाइल उडे...