सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण

गण्डकी– तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्र्याक) अन्तर्गत पुतलीबजार नगरपालिका–१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षमा विनियोजित २० लाख रकममध्ये गैरीस्वारादेखि केघा देउरालीको दुई सय ६५ मिटर बाटोका लागि १० लाख र बाबियाडाँडा ठाँटीको दुई सय […]

सम्बन्धित सामग्री

एक घर एक सिँढी निर्माण हुँदै

उत्तरी मकवानपुरको थाहा नगरपालिका–६, स्थित वज्रवाराही मन्दिरको संरक्षण र प्रवर्धन जनस्तरबाट गरिने भएको छ । वज्रवाराही मन्दिर जाने सिँढी मर्मतसँगै मन्दिर परिसरको जीर्णोद्धारपछि नयाँ मूर्ति प्रतिस्थापनसँगै मन्दिरसम्म पुग्ने सिँढी जनस्तरबाट निर्माण गर्न लागिएको हो । थाहा नगरसँगै आसपासका क्षेत्रको शक्तिपीठका रूपमा रहेको वज्रवाराही मन्दिर जाने सिँढी मर्मत र मन्दिरपरिसरको जीर्णोद्धार कार्य थाहा नगरपालिका–६ को कार्यालयको बजेट तथा नेवाः पुचः, वज्रवाराही र स्थानीय समाजसेवी नारायणबहादुर जोशीको सहयोगसहित करिब ४० लाख रुपियाँको लागतमा गरिएको थियो ।

प्रचार-प्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा गौरीखोला झरना

भरतपुर– चितवनको गौरीखोला झरना ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने झरनाको प्रचार–प्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको हो ।  झरनासम्म पुग्नका लागि खानी गाउँसम्म मोटरबाटो निर्माण भएको छ । खानी गाउँबाट एक घण्टाको पैदल यात्रामा झरनासम्म पुग्न सकिन्छ । झरनासम्म पुग्नका लागि खानी गाउँबाट रेलिङसहितको सिँढी निर्माण गरिएको भए पनि अधुरै छ […]

चौतारा दारेगौंडामा ६७ फिट अग्लो मूर्तिसहितको बुद्धपार्क निर्माण

सिन्धुपाल्चोक– चौतारा साँगाचोकगढी नगरपालिका-६ स्थित दारेगौंडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमासहितको बुद्धपार्क निर्माण गरिएको छ । पर्यटन प्रवर्द्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजना अनुरुप नगरपालिकाको नगर गौरवको योजना अनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क निर्माण गरिएको हो । सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै आरामदायी यात्रासँग पुग्न सकिने उक्त […]

मन्दिर जाने रेलिङसहित सिँढी निर्माण सम्पन्न

लमजुङ । स्थानीय तहको जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि सबैको साझा भएर आफ्नो कार्यकाल सफल वनाएको बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभएको छ । बेंसीशहर नगरपालिका–५ नाल्मास्थित ऐतिहासिक लाङ्दीदेवी मन्दिर जाने रेलिङसहितको सिँढीमार्गको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जुनसुकै पार्टीबाट निर्वाचित भए पनि जनप्रतिनिधि सार्वजनिक हुने नगरप्रमुख अर्यालको भनाइ छ । नगरपालिकाले स्थानीयको आवश्यकता […]

मुक्तिनाथ मन्दिर जान सिँढी निर्माण

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिर जान निर्माण गरिएको सिँढी । सिँढी निर्माण गरिएपछि भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भएको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस

सिँढी बनेपछि मुक्तिनाथ मन्दिर पुग्न सहज

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिर जान निर्माण गरिएको सिँढी । सिँढी निर्माण गरिएपछि भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भएको छ । तस्वीर : कृष्ण न्यौपाने/ रासस

यसरी निर्माण हुँदैछ बनेपामा १६ सय सिँढी (भिडियो-तस्वीरसहित)

मोतीराम तिमल्सिना, काभ्रे । बनेपा नगरपालिकाले आफ्नो गौरवको आयोजना अन्र्तगत बनेपा नगरपालिका वडा नम्वर ५ र ६ मा निर्माण शुरु गरेको १६ सय सिँढीलाई राखेको छ । धार्मिक तथा पर्यापर्यटनको उदेश्यले निर्माण शुरु गरिएको सिँढी मार्फत नगरपालिकाले नागरिकहरुको स्वास्थ्य तथा आन्तरिक आयमा जोड दिएको छ । ‘आन्तरिक तथा बाह्य पर्यटकहरुको स्वास्थ्यका लागि धार्मिक हिसावले पनि […]

चण्डेश्वरीदेखि–गोसाईंस्थान पदमार्ग निर्माण गरिँदै

बनेपा । काभ्रेपलाञ्चोकको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि गोसाईंस्थानसम्मको पर्यटकीय पदमार्ग निर्माण शुरू गरिएको छ । बनेपा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाईंस्थानस्थित महादेव मन्दिरसम्म पर्यटकीय पदमार्गको लागि नगरपालिका र शहरी विकास मन्त्रालयको गरी करिब पाँच करोड आर्थिक सहयोगमा सिँढी निर्माण शुरू भएको हो ।      बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन गरेको १ करोड ३७ लाखमा ठेक्का आह्वान गरी अहिले सिँढी निर्माण भइरहेको वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले बताए । नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत विभिन्न आयोजनामध्येको सो सिँढी गत वर्षदेखि नै प्रयत्न गरिएकोमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन गरी यस वर्ष ठेक्का आह्वान भएर काम अगाडि बढेको हो,’ उनले भने, ‘यो पदमार्ग निर्माण भएपछि पर्यटकीय गन्तव्य बन्नेछ ।’ वडा नं ५ को चण्डेश्वरी मन्दिर छेउबाट शुरू भएर वडा नं ६ को गोसाईंस्थान मन्दिरसम्म पुग्ने सिँढी एक हजार ६०० निर्माण हुने उनले बताए । आठ मिटरको चौडाइमा निर्माण थालिएको सिँढीका लागि शहरी विकास मन्त्रालयबाट समेत ३ करोड ५० लाख बजेट विनियोजन भइसकेकाले छिट्टै सम्पन्न हुने उनको भनाइ छ । यसअघि चण्डेश्वरीबाट गोसाईंस्थान मन्दिर जान बनेपा बुडोल भएर घुमेर जानुपर्ने अवस्था रहेकोमा सिँढी निर्माण भएपछि छोटो बाटोमा सिधै जान पाउने भएको छ । सिँढीसँगै सो क्षेत्रमा पार्किङ, बगैंचालगायतका काम हुनेछ । बनेपाकै महत्त्वपूर्ण जंगलको रूपमा रहेको चण्डेश्वरी जंगल भएर निर्माण हुने पदमार्ग वडा नं ६ मा रहेको शहीद पार्कलाई समेत छोएर गोसाईंस्थानसम्म जोडिनेछ । विशेषगरी बजार क्षेत्रका मानिस बिहानी हिँडाइसँगै धार्मिक हिसाबले मन्दिरमा दर्शन गर्न आउनेलाई समेत सो सिँढी निर्माण भएपछि थप सहज हुने अपेक्षा गरिएको छ । त्यससँगै नगरपालिकाले बुद्धपार्क र पूण्यमाता कोरिडोरलगायतको क्षेत्रमा पनि निर्माण अगाडि बढेको बताएको छ । रासस

डेढ महिनामै भत्कियो विद्यालयको नवनिर्मित संरचना

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा बुवालुङस्थित अन्नपूर्ण माबिको पर्खाल तथा सिँढी निर्माण गरेको डेढ महिनामै भत्किएको छ।...

टासिनाम–च्छोरोल्पा पदमार्ग निर्माण सम्पन्न

दोलखा । दोलखाको प्रसिद्ध पर्यटकीय स्थल च्छोरोल्पा हिमताल जाने टासिनाम–च्छोरोल्पा पदयात्रा मार्ग निर्माण सम्पन्न भएको छ । १६ लाख ५५ हजार २५० रुपैयाँ लागतमा पदमार्ग निर्माण सम्पन्न भएको हो । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा निर्माण भएको सो पदमार्गका लागि डिभिजन वन कार्यालाय दोलखाले १५ लाख रकम उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख शिव सापकोटाले अभियान दैनिकलाई बताए । उपभोक्ता समितिद्वारा निर्माण गरिएको सो काममा उपभोक्ताले १ लाख ५५ हजार २५० रुपैयाँ बराबरको श्रमदान गरेको प्रमुख सापकोटाको भनाइ छ । बागमती प्रदेश सरकारबाट डिभिजन वन कार्यालय दोलखामार्फत आएको गौरीशंकर पर्यटन प्रवद्र्धन शीर्षकको रकमबाट गौरीशंकर गाउँपालिकाको छनोटमा सो पदमार्गमा सिँढी निर्माण गरिएको हो । गौरीशंकर संरक्षण क्षेत्र आयोजना क्षेत्रभित्र पर्ने भएकाले पदयात्रा मार्गमा सिँढी निर्माण गर्न गौरीशंकर संरक्षण क्षेत्र आयोजनाबाट पनि सहमति लिई उपभोक्ता समितिमार्फत निर्माण गरिएको डिभिजन वन कार्यालय, दोलखाले जानकारी दिएको छ । टासिनाम–च्छोरोल्पा पदयात्रा मार्गको काम सम्पन्न भई भुक्तानीको चरणमा रहेको डिभिजन प्रमुख सापकोटाको भनाइ छ । सिँढी निर्माण गरिएको पदयात्रा मार्गको लम्बाइ करीब ५ किलोमिटर छ । पदयात्रा मार्गमा सिँढी  निर्माणले च्छोरोल्पा हिमताल हेर्न जाने पर्यटक तथा स्थानीयलाई सहज हुने  उपभोक्ता समितिका अध्यक्ष सांगे शेर्पाको विश्वास छ । यसैगरी डिभिजन वन कार्यालय दोलखामार्फत नै उपभोक्ता समितिबाट बैतेश्वर तथा जिरी नगरपालिकाको संगममा रहेको हनुमन्ते डाँडामा हनुमानको मूर्ति राख्ने, सिँढी तथा रेलिङ  निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालयको भनाइ छ । सो कार्यका लागि पनि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय, दोलखामार्फत १५ लाख उपलब्ध गराई उपभोक्ता सामितिमार्फत काम भइरहेको कार्यालय प्रमुख सापकोटाले बताए । हनुमन्ते डाँडामा हनुमानको मूर्ति राख्ने काम सम्पन्न भइसकेको, १०० मिटर सिँढी निर्माण गर्ने तथा ५० मिटर रेलिङ हाल्ने काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष केशबहादुर तामाङले बताए ।