भरतपुर– चितवनको गौरीखोला झरना ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने झरनाको प्रचार–प्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेको हो । झरनासम्म पुग्नका लागि खानी गाउँसम्म मोटरबाटो निर्माण भएको छ । खानी गाउँबाट एक घण्टाको पैदल यात्रामा झरनासम्म पुग्न सकिन्छ । झरनासम्म पुग्नका लागि खानी गाउँबाट रेलिङसहितको सिँढी निर्माण गरिएको भए पनि अधुरै छ […]