टासिनाम–च्छोरोल्पा पदमार्ग निर्माण सम्पन्न

दोलखा । दोलखाको प्रसिद्ध पर्यटकीय स्थल च्छोरोल्पा हिमताल जाने टासिनाम–च्छोरोल्पा पदयात्रा मार्ग निर्माण सम्पन्न भएको छ । १६ लाख ५५ हजार २५० रुपैयाँ लागतमा पदमार्ग निर्माण सम्पन्न भएको हो । गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा निर्माण भएको सो पदमार्गका लागि डिभिजन वन कार्यालाय दोलखाले १५ लाख रकम उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख शिव सापकोटाले अभियान दैनिकलाई बताए । उपभोक्ता समितिद्वारा निर्माण गरिएको सो काममा उपभोक्ताले १ लाख ५५ हजार २५० रुपैयाँ बराबरको श्रमदान गरेको प्रमुख सापकोटाको भनाइ छ । बागमती प्रदेश सरकारबाट डिभिजन वन कार्यालय दोलखामार्फत आएको गौरीशंकर पर्यटन प्रवद्र्धन शीर्षकको रकमबाट गौरीशंकर गाउँपालिकाको छनोटमा सो पदमार्गमा सिँढी निर्माण गरिएको हो । गौरीशंकर संरक्षण क्षेत्र आयोजना क्षेत्रभित्र पर्ने भएकाले पदयात्रा मार्गमा सिँढी निर्माण गर्न गौरीशंकर संरक्षण क्षेत्र आयोजनाबाट पनि सहमति लिई उपभोक्ता समितिमार्फत निर्माण गरिएको डिभिजन वन कार्यालय, दोलखाले जानकारी दिएको छ । टासिनाम–च्छोरोल्पा पदयात्रा मार्गको काम सम्पन्न भई भुक्तानीको चरणमा रहेको डिभिजन प्रमुख सापकोटाको भनाइ छ । सिँढी निर्माण गरिएको पदयात्रा मार्गको लम्बाइ करीब ५ किलोमिटर छ । पदयात्रा मार्गमा सिँढी  निर्माणले च्छोरोल्पा हिमताल हेर्न जाने पर्यटक तथा स्थानीयलाई सहज हुने  उपभोक्ता समितिका अध्यक्ष सांगे शेर्पाको विश्वास छ । यसैगरी डिभिजन वन कार्यालय दोलखामार्फत नै उपभोक्ता समितिबाट बैतेश्वर तथा जिरी नगरपालिकाको संगममा रहेको हनुमन्ते डाँडामा हनुमानको मूर्ति राख्ने, सिँढी तथा रेलिङ  निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालयको भनाइ छ । सो कार्यका लागि पनि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय, दोलखामार्फत १५ लाख उपलब्ध गराई उपभोक्ता सामितिमार्फत काम भइरहेको कार्यालय प्रमुख सापकोटाले बताए । हनुमन्ते डाँडामा हनुमानको मूर्ति राख्ने काम सम्पन्न भइसकेको, १०० मिटर सिँढी निर्माण गर्ने तथा ५० मिटर रेलिङ हाल्ने काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष केशबहादुर तामाङले बताए ।  

सम्बन्धित सामग्री

गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

४ फागुन, ढोरपाटन ।  बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षमा विनियोजन भएको रु १० लाखले पदमार्ग निर्माण गर्न थालिएको हो । पदमार्ग […]

पक्की पदमार्ग निर्माण

बागलुङ नगरपालिकाले सशस्त्र द्वन्द्वको क्रममा सहादत प्राप्त गरेका बागलुङ नगरपालिका–८ सिगानाका शहीद टङ्क खड्काका नाममा पदमार्ग निर्माण गरेको छ । नगरपालिकाले वडा नं ८ सिगाना बेँसीदेखि वडा कार्यालय पुग्ने गरी पक्की पदमार्ग निर्माण गरेकोे हो । द्वन्द्वका क्रममा ज्यान गुमाएका खड्काको सम्झनामा पक्की पदमार्ग निर्माण गरिएको हो । पालिकाले चालु आर्थिक वर्षमा उक्त सडक निर्माणका […]

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिंदै

बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिंदै छ।

पर्यटकीयस्थल वसन्तापखोर जोड्न पदमार्ग निर्माण

काठमाडौँ,२० माघ । बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण थालेको छ । गाउँपालिकाले वडा नं ४ चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पदमार्ग निर्माण सुरु गरेको हो । धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि प्रचारप्रसार नहुँदा ओझेलमा परेको वसन्तापखोरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले यस वर्ष बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण थालेको काठेखोला गाउँपालिकाका […]

पर्यटन प्रवर्द्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

२६ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् । पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ । नयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माणलाई […]

पर्यटन प्रवदद्र्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

काठमाडौँ,२६ असोज । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् । पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ । नयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माणलाई गति […]

पर्यटन प्रवर्द्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् ।पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ । नयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माणलाई गति दिइएको छ । पर्यटन विभागले स्थानीय तहको समन्वयमा रु दुई करोड लागतमा हेलम्बु, सिमीसिदाङ हुँदै लाङटाङ पुगिने ३० किलोमिटर पदमार्ग र गाञ्जालापास हुँदै रसुवाको ला

दुरुलेकमा पदमार्ग निर्माण

म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित पर्यटकीय दुरुलेकमा निर्माण गरिएको पदमार्ग निर्माण गरिएको छ ।म्याग्दी र बागलुङको सिमानमा रहेको पर्यटकीय स्थल दुरुलेकमा गण्डकी प्रदेश सरकारबाट प्राप्त बजेटबाट पदमार्ग निर्माण गरिएको हो । गाउँपालिकाको सिफारिस र गण्डकी प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुले बताइन् । उनले प्रदेश सरकारको थप १० […]

बैतडीको शर्माली गढीमा पदमार्ग निर्माण

बैतडीको शिवनाथ गाउँपालिका २ मा पर्ने ऐतिहासिक शर्माली गढीमा पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ।...

मालिका धुरी पुग्ने पदमार्ग निर्माण

म्याग्दी-धार्मिक पर्यटकियस्थल मालिका धुरी पुग्ने पदमार्ग निर्माण गरिएको छ । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी पुुग्ने पदमार्ग निर्माण गरिएको हो ।गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने एक हजार २७२ मिटर पदमार्ग निर्माण गरिएको भू–संरक्षण […]