काठमाडौं-विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ। क्रिस्टियानो रोनाल्डोले रेकर्डेड गोल गरेको खेलमा पोर्चुगलले घानालाई ३-२ गोल अन्तरले पराजित गर्यो। समूह एच अन्तर्गतको आफ्नो पहिलो खेलमा पोर्चुगल र घानाबिच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा दुबै तर्फबाट गरी कुल ५ गोल भएको थियो। पेनाल्टीमार्फत पोर्चुगलले ६५ औ मिनेटमा अग्रता […]