पर्वतमा सातौं राष्ट्रिय कृषि गणनाको तयारी शुरु

चैत ६, पर्वत । पर्वतमा सातौं राष्ट्रिय कृषि गणना शुरु भएको छ । कृषि गणनाका लागि सदरमुकाम कुश्मामा रहेको कृषि ज्ञानकेन्द्र पर्वतको परिसरमा कार्यालय स्थापना गरेर गणनाको तयारी शुरु भएको हो । आगामी जेठ मसान्तसम्म जिल्लाका ७ ओटै स्थानीय तहमा सुपरीवेक्षक र गणकहरू खटाएर कृषि गणना गरिने भएको छ ।  पर्वतका जिल्ला कृषि गणना अधिकृत सुरेन्द्रराज पौडेलका अनुसार तथ्यांक विभागले सुपरीवेक्षक र गणक माग गर्दै चैत ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन भनेको छ । पौडेलले नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले कृषि गणना नेपालका लागि महत्वको रहेको बताए ।   देशभरीको कृषिको अवस्था, लगानीको अवस्था, कृषिमा सिँचाइको अवस्था, उमेर र जात अनुसारका पशुपंक्षी, कृषिमा भइरहेको यान्त्रिकीकरण र आधुनिकीकरणको अवस्था, कृषि ऋण बीमा र अनुदानको अवस्था थाहा पाउनका लागि गणना गरिने भएको हो ।  मुख्य कृषक तथा मुख्य उत्पादन, कृषि चलनको मुख्य उत्पादन, उत्पादनको मुख्य उपयोग, कृषि चलनको आर्थिक क्रियाकलाप, कृषि चलनको पारिवारिक विवरण (नाम, लिङ्ग, उमेर, शैक्षिक स्थिति, मुख्य पेशा, कृषि तालिम, कृषि कार्यसम्बन्धी निर्णयमा सहभागिता, कृषिका लागि दिइएको समय), संलग्न कामदारको संख्या, महिलाको नाममा हरेको कृषि जग्गा र क्षेत्रफल, सिँचाइको स्रोतको बारेमा गणनाको क्रममा तथ्यांक लिइनेछ । यस्तै, जग्गाको उपभोग, अस्थायी बालीको क्षेत्रफल, मुख्य बाली उत्पादन, स्थायी बाली क्षेत्रफल र संख्या, चौपाया तथा पंक्षीको विवरण, कृषि औजार र साधन तथा स्वामित्व, गैरआवासीय भवनको प्रयोग र स्वामित्व, वन, कृषि ऋण, बीमा, अनुदान, खाद्यान्न स्थिति, अपुग खाद्यान्नको व्यवस्थापन, कृषिमा वातावरणको प्रभाव लगायतको जानकारी पनि सुपरीवेक्षक र गणकले लिने भएका छन् ।  पहाडी र हिमाली क्षेत्रमा कम्तीमा चार आना क्षेत्रफलमा र तराईमा आठ धुर क्षेत्रफलमा कृषि कार्य गरिएको हुनुपर्ने, गाई, भैँसी, गोरु जस्ता पशुमध्ये कम्तीमा एउटा पालिएको हुनुपर्ने, भेडा, बाख्रा, सुँगुर, बंगुर जस्ता पशुमध्ये कुनै कम्तीमा पाँच ओटा पालिएको हुनुपर्ने र कुखुरा, हाँस, लगायत कम्तीमा २० ओटा पंक्षी पालन गरिएको हुनुपर्छ । तोकिएकामध्ये कुनै एउटा सर्त पूरा भएको अवस्थामा मात्रै कृषक परिवारलाई गणनाका लागि योग्य मानिने छ । जनगणनामा जस्तो प्रत्येक कृषकको घरको गणना यसमा हुने छैन । अधिकृत पौडेलका अनुसार जिल्लाको क्षेत्रफल, जनसंख्या, भौगोलिक क्षेत्र लगायतका आधारमा सर्वेक्षणका लागि नमूना केन्द्रहरू तोकिएका छन् ।  सोही केन्द्रमा पर्ने कृषक परिवारको संख्या तोकिएको सूत्र र मापदण्डको आधारमा निकालिनेछ । ‘जनगणनामा जस्तै प्रत्येक कृषकको गणना यसमा नहुने कार्यालयले जानकारी दिएको छ ।  केही निश्चित केन्द्र तोकेर त्यही ठाउँको प्रतिनिधिमूलक तथ्यांक लिने हो,’ अधिकृत पौडेल भने, ‘जस्तो की पर्वतका सातओटा स्थानीय तहमा एक सय एक ओटा केन्द्र तोकिएका छन् । सूत्रका आधारमा एउटा केन्द्रमा ३० जनासम्म कृषक परिवार पर्न सक्छन् । तिनीहरूको नमूना गणना गर्ने काम हुन्छ ।’ गणकहरूले सोधेका प्रश्नावलीहरूको सत्य तथ्य जवाफ दिनुपर्ने नागरिकको कर्तव्य हुने बताउँदै उनले सही तथ्यांक नआएमा त्यसले स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका योजनामा प्रभाव पार्ने भएकाले सोही ठाउँका कृषकहरू योजनाको मारमा पर्ने उल्लेख गरे ।  अहिले आएको तथ्यांककै आधारमा राज्यले कृषि नीति, योजना तथा कार्यक्रमहरू तयार पार्नेछ । योजनाको आवश्यकता र निर्धारण नै कृषि गणनाको तथ्यांकमा आधारित हुने भएकाले आफ्नो कृषि कर्मको बारेमा सत्य तथ्य कुरा बताउनु पर्नेछ । जनगणनाको तुलनामा कृषि गणना प्राविधिक हुने भएकाले सुपरीवेक्षक र गणकले पनि यसमा विशेष ध्यान दिनुपर्ने पौडेलको भनाइ छ । यस बाहेक स्थानीय तहसँगको समन्वयमा सम्बन्धित स्थानीय तहमा नै पुगेर सरोकारवाला पक्षसँग संयुक्त गोष्ठीको आयोजना गरेर कृषक र अन्य निकायलाई पनि चनाखो बनाउने तयारी गणना कार्यालयले गर्न सकिने जानकारी दिइएको छ । यस पटकको गणना देश संघीयता पछिको पहिलो गणना हो ।

सम्बन्धित सामग्री

राष्ट्रिय कृषि गणना २०७८ : सुदूरपश्चिम प्रदेशको तथाङ्क सार्वजनिक

गोदावरी : राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना, २०७८ को सुदूरपश्चिम प्रदेशको तथ्याङ्क सार्वजनिक गरेको छ।धनगढीमा आज (शुक्रवार) आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना, २०७८ अनुसार सुदूरपश्चिममा ४ लाख ५७ हजार ७५६ किसान परिवारले १ लाख ९२ हजार ८८५ हेक्टरमा खेती गरेको जानकारी दिइएको छ।नेपालमा कुल सिञ्चित क्षेत्रफल ५४ दशमलव ५ प्रतिशत देखिएकामा सुदूरपश्चिममा ६० प्रतिशत सिँचाइ सुविधा उपलब्ध भएको जनाइएको छ।नेपालमा सिँचाइ सुविधा लिएका परिवार ७० प्रतिशत देखिएकामा सुदूरपश्चिममा ७६ प्रतिशत

साताैँ राष्ट्रिय कृषि गणनाः बैतडीमा साढे २५ हजार परिवारको लगत संकलन

काठमाडाैँ- सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत बैतडीका २५ हजार बढी परिवारको लगत संकलन गरिएको छ। जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार १४४ क्षेत्रका २५ हजार ५७१ परिवारको लगत संकलन गरिएको हो। गत वैशाख ६ गतेदेखि ४५ दिनसम्म गणक र सुपरिवेक्षक घरघरमा पुगेर लगत संकलन गरेका थिए। उनीहरूले संकलन गरेको तथ्यांक स्थलगत र जाँचबुझको […]

कृषि गणना : बैतडीका साढे २५ हजार परिवारको लगत संकलन

सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत बैतडीका २५ हजार बढी परिवारको लगत सङ्कलन गरिएको छ ।      जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार १४४ क्षेत्रका २५ हजार ५७१ परिवारको लगत सङ्कलन गरिएको हो । गत वैशाख ६ गतेदेखि ४५ दिनसम्म गणक र सुपरीवेक्षक घरघरमा पुगेर लगत सङ्कलन गरेका थिए । उनीहरुले सङ्कलन गरेको तथ्याङ्क स्थलगत र जाँचबुझको कार्य सकिएको पन्तले बताए । उनले भने, “गणक र सुपरिवेक्षकले गरेको तथ्याङ्क सङ्कलन र त्यसपश्चात् स्थलगत कार्य सकेर छुटफु

कृषि गणना : बैतडीका साढे २५ हजार परिवारको लगत संकलन

बैतडी : सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत बैतडीका २५ हजारबढी परिवारको लगत संकलन गरिएको छ। जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार १४४ क्षेत्रका २५ हजार ५७१ परिवारको लगत संकलन गरिएको हो।गत वैशाख ६ गतेदेखि ४५ दिनसम्म गणक र सुपरिवेक्षकहरू घरघरमा पुगेर लगत संकलन गरेका थिए। उनीहरूले संकलन गरेको तथ्यांक स्थलगत र जाँचबुझको कार्य सकिएको पन्तले बताए। उनले भने, “गणक र सुपरिवेक्षक गरेको तथ्यांक संकलन र त्यसपश्चात स्थलगत कार्य सकेर छुटफुट केही भए त्यसको जाँचबुझ गरेर

आजबाट सुरु भयो राष्ट्रिय कृषि गणना, तथ्यांक संकलन ४५ दिनसम्म

६ वैशाख, काठमाडौं । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना सुरु भएको छ । मंगलबारबाट ४५ दिनसम्म फिल्डमा खटिएर गणकले तथ्यांक संकलन गर्ने र यसको काम सुरु गरिएको विभागका विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए । उनका अनुसार कृषि गणनाका लागि देशभर गणक र सुपरिवेक्षक गरि ६ हजार ४६३ जना फिल्डमा खटिएका छन् […]

आजदेखि राष्ट्रिय कृषि गणना सुरु

काठमाडौं, वैशाख ६ । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना सुरु हुँदै छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म ७७ जिल्लाका तीन लाख घरपरिवारमा सो गणना गरिने विभागले जनाएको छ । विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ को जनगणना गर्दा ६८ लाख घरपरिवारसँग […]

कृषि गणनालाई गणक र सुपरिवेक्षक परिचालन

खोटाङ – कृषि गणनाका लागि खोटाङमा ६२ गणक र १७ सुपरिवेक्षक परिचालन गरिएको छ। केन्द्रीय तथ्यांक विभागले देशभर हरेक १०–१० वर्षमा राष्ट्रिय कृषि गणना कार्यक्रम सञ्चालन गर्दै आएको छ। विभागले सञ्चालन गरेको सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमका लागि खोटाङमा आवश्यक सामग्रीसहित गणक र सुपरिवेक्षक गरी जम्मा ७९ स्थलगत कर्मचारी खटाइएको कृषि गणना कार्यालय खोटाङका अधिकृत […]

संघीयतापछि पहिलोपटक कृषि गणना हुँदै

देश संघीयतामा गएपछि पहिलोपटक राष्ट्रिय कृषि गणना हुने भएको छ । हरेक १० वर्षमा हुने कृषि गणना यसपटक ६ वैशाखदेखि १९ जेठसम्म सात सय ५३ वटै स्थानीय तह समेट्ने गरी हुने...

राष्ट्रिय कृषि गणना वैशाखदेखि

आगामी वैशाखदेखि राष्ट्रिय कृषि गणना हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले कृषि गणना गर्न लागेको हो ।राष्ट्रिय जनगणनाजस्तै प्रत्येक १० वर्षमा कृषि गणना गरिन्छ । यसपटकको कृषि गणनामा करिब १ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान विभागको छ । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुन लागेको कृषि गणनाको तयारी सुरु भएको छ । नेपालमा […]

राष्ट्रिय कृषि गणना वैशाखमा, देशभर ५ हजार गणक खटि‌ने

१२ फागुन, काठमाडौं । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि हुने राष्ट्रिय कृषि गणनाको तयारी सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार यस पटक आगामी वैशाखमा कृषि गणना गर्ने तयारी छ । यो सातौं कृषि गणना हो । राष्ट्रिय कृषि गणनाका लागि सुपरिवेक्षक र गणक भर्ना गर्ने प्रक्रिया थालिएको विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए […]