आजदेखि राष्ट्रिय कृषि गणना सुरु

काठमाडौं, वैशाख ६ । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना सुरु हुँदै छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म ७७ जिल्लाका तीन लाख घरपरिवारमा सो गणना गरिने विभागले जनाएको छ । विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ को जनगणना गर्दा ६८ लाख घरपरिवारसँग […]

सम्बन्धित सामग्री

तथ्याङ्क सङ्कलन सम्पन्न

कृषि गणनाका लागि तथ्याङ्क सङ्कलन गर्ने कार्य सकिएको छ । सङ्कलन गरिएको तथ्याङ्कका फाराम केन्द्रीय तथ्याङ्क विभागमा आइसकेको राष्ट्रिय कृषि गणना २०७८ का अधिकारी बद्रीकुमार कार्कीले बताउनुभयो । वैशाख ६ गतेदेखि देशैभरि कृषि गणना सुरु गरिएको थियो । कार्कीले भन्नुभयो, “गणनापश्चात्को मुख्य गणना कार्यबाट प्राप्त फारामको कोडिङ, इडिटिङ, इन्ट्री, प्रशोधन तथा विश्लेषण गरी मङ्सिर महिनासम्ममा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिनेछ ।”

सातौँ कृषि गणना सुरु, ८६ करोड रुपैयाँ खर्च हुने अनुमान

काठमाडौं । सातौँ राष्ट्रिय कृषि गणना सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । विभागकाअनुसार गत वैशाख ६ गतेबाट कृषि गणना कार्य सुरु भएको छ । जेठ मसान्तसम्म तथ्यांक संकलन गरिने विभागले जनाएको छ । कृषि गणना कार्य तीनै तहका सरकारलाई चाहिने कृषि सम्बन्धी...

आजबाट सुरु भयो राष्ट्रिय कृषि गणना, तथ्यांक संकलन ४५ दिनसम्म

६ वैशाख, काठमाडौं । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि राष्ट्रिय कृषि गणना सुरु भएको छ । मंगलबारबाट ४५ दिनसम्म फिल्डमा खटिएर गणकले तथ्यांक संकलन गर्ने र यसको काम सुरु गरिएको विभागका विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए । उनका अनुसार कृषि गणनाका लागि देशभर गणक र सुपरिवेक्षक गरि ६ हजार ४६३ जना फिल्डमा खटिएका छन् […]