कार्यदलले तयार गरेकै समानुपातिक सूची बुझायो माओवादीले

नेकपा माओवादी केन्द्रले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तयार गरेको सूची निर्वाचन आयोगमा बुझाएको छ । आयोगको समय सीमाभित्र माओवादीले कार्यदलले तयार गरेको सूची बुझाए पनि पछि सच्याउने एक पदाधिकारीले बताए ।‘समानुपातिक सूचीमा धेरै नाम सिफारिस भएर आयो । कसलाई राख्ने कसलाई नराख्ने समस्या भयो । हामीले प्राप्त छलफल गर्न भ्याएनौ । कार्यदलले तयार गरेकै सूची आयोगमा बुझाएका छौ’ ती पदाधिकारीले भने, ‘अब आयोगको निर्धारित असोज १६ गतेभित्र अरु नाम हेरफेर गर्छौ । अहिले राखिएको नामपनि तलमाथि

सम्बन्धित सामग्री

समानुपातिक सूची : कसको नाम काटियो, को थपिए ?

समावेशी समूह र प्राथमिकता क्रम मिचेर बन्दसूचीबाट नामावली सिफारिस गरेका दलहरूले समानुपातिक सूची सच्याएर पेश गरेका छन् ।  प्रतिनिधिसभा तथा प्रदेशसभाको ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्राप्त मतका आधारमा निर्धारण भएको सिट...

जसपाले सच्याएर पठायो मधेस प्रदेश सभामा समानुपातिक सूची

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सभाको समानुपातिक सूची सच्याएर बुझाएको छ। मधेश प्रदेश सभामा समानुपातिकतर्फ जसपाले सात सिट पाएको थियो। सात सिटका लागि १० जनाको नाम निर्वाचन आयोगमा पठाएपछि...

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

काठमाडौँ । समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ । ‘लगातार २४ घण्टा बसेको बैठकमा सहमति जुट्यो, सहमति अनुसारको संशोधित सूची निर्वाचनमा आयोगमा बुझाइन्छ,’ नेपाली कांग्रेसका एक पदाधिकारीले भने । सहमति कसरी जुट्यो र संशोधित सूची कस्तो बन्यो भन्ने […] The post कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिक सूची सच्याउन देउवालाई शेखर पक्षको आज ५ बजेसम्मकाे अल्टिमेटम

काठमाडौँ। समानुपातिक टिकट वितरणमा ४० प्रतिशत भाग पाउनुपर्ने माग गरेर संघर्षमा उत्रिएको शेखर कोइराला पक्षले आज पाँच बजे सम्म पर्खिने भएको छ । साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई समानुपातिक सूची सच्याउने समय दिइएको संघर्षको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेले बताएका छन् । घिमिरेले ट्वीट गर्दै भनेका छन्–नेपाली कांग्रेसका लागि सूची सच्याउने समय आज ५ बजेसम्म […]

३ प्रश्न

समानुपातिक सूची दर्तासँगै पाटीभित्र चर्को असन्तुष्टिको अवस्था किन आयो ? साथीहरूले पार्टीभित्र ‘प्रेसर क्रिएट’ गर्न यस्तो गर्नुभएको होला । पार्टीमा खासै समस्या छ जस्तो त लाग्दैन । समानुपातिक सूची तयार पार्न वर्तमान र पूर्वपदाधिकारीले...

माओवादी र जसपाका नेता समानुपातिक सूची बोकेर पुगे आयोग

नेकपा माओवादी, जनता समाजवादी लोसपा लगायत पार्टीका नेताहरु समानुपातिक सूची बुझाउन निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, नेता गिरिराजमणि पोखरेल, वर्षमान पुनलगायतका नेता बन्द सुची बुझाउन आयोग पुगेका हुन् ।  त्यस्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव आफै बन्द सुची बोकेर आयोग पुगेका छन् । लोसपाको सातै प्रदेशमा उम्मेदवारी कांग्रेस पुगेलगत्तै लोसपा पनि बन्द सूची बुझाउन आयोग पुगेको छ । लोसपाले प्रतिनिधिसभामा पुरै ११० र मधेस प्रदेशमा पुरै लिष्ट

माओवादी बैठक २ बजेका लागि सर्यो

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेका लागि सरेको छ । समानुपातिक सूची तयार गर्न सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको  बैठक दिउँसो २ बजेका लागि सरेको हो । समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले दिउँसो २ बजेका लागि बैठक सारिएको एक नेताले बताए । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको समानुपातिक सूची बुझाउन आज अन्तिम दिन दिएको छ । समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बना

समानुपातिक सूची तयार गर्न माओवादीले बनायो कार्यदल

काठमाडौँ । नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन् । आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिस्ट गरेर पठाउन निर्देशन दिएको […]

समानुपातिक सूची तयार गर्न माओवादीले बनायो कार्यदल

नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । पार्टी कार्यलय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन् ।आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिष्ट गरेर पठाउन निर्देशन दिएको छ । प्रदेशबाट सर्ट लिष्ट भई आएपछि कार्यदलले फाइनल लिष्ट तयार गर्ने सचिव लीलामणि पोखरेलले बताए । कार्यदलले आफ्नो गृहकार्य गरेर तयार पारेपछि सोमब

समानुपातिक सूची तयार गर्न माओवादीले बोलायो बैठक

नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न आइतबार बिहान पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । यसअघि सबै प्रदेशले प्रदेश र प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची सिफारिस गरेर पठाइसकेको छ ।  निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको समय दिएको छ ।