किरतपुर (धनुषा), १५ साउन: निरन्तरको वर्षासँगै कमला नदीमा पानीको बहाव बढ्न गई धनुषाको किरतपुर कटान हुन थालेपछि त्यहाँका जनप्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको ध्यानाकर्षण गराईन्। त्यसलगतै मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीलाई निरीक्षण गर्न पठाए र विभागको आपतकालीन कोषबाट रु ५० लाख निकासा गरी नदीको कटान रोक्न निर्देशन दिईन् । […]