कम्मर तथा ढाडको दुखाइलाई सामान्यतयाः सानो समस्याको रुपमा लिने गरिन्छ । प्रायः धेरै मानिसहरु यो दुखाइबाट पीडित हुने गरेका छन् । तर, यसलाई सामान्य रुपमा लिँदा गम्भीर रोग समेत लाग्न सक्छ । स्वास्थ्य विशेषज्ञका अनुसार कम्मर दुख्ने र त्यसबाट हुने गम्भीर खतराको बारेमा अझै धेरैलाई जानकारी नै छैन ।विशेषज्ञका अनुसार सामान्यतयाः कम्मरको दुखाइको समस्या युवावस्था वा २० वर्षको उमेरबाट सुरु हुन सक्छ । तर, यसको कारण पत्ता लगाउन नै ८/९ वर्ष लाग्न सक्छ । यसको समयमा नै उपचार गरिएन भने मेरुदण्डका कोशिकाहरु बिग्रिन