स्थानीय तहको चुनावपछि बैंकहरुको निक्षेप संकलनमा केही सुधार देखिएको छ । चुनावपछिको दुई सातामा वाणिज्य बैंकहरुमा १३ अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेठ १३ गतेसम्म आउँदा ४३ खर्ब ८३ अर्ब पुगेको छ ।