अघिल्लो साता सुस्ताएको ऋण लगानी यो साता बढेको छ । यो साता बाणिज्य बैंकहरुले ५ अर्ब ऋण लगानी गरेका छन् । जेठ सात गतेसम्म आइपुग्दा कुल ऋण लगानी ३६ खर्ब १६ अर्ब पुगेको छ । गत सातासम्म यस्तो ऋण प्रवाह ३६ खर्ब ११ अर्ब रुपैयाँ थियो ।निषेधाज्ञा शुरु भएको एक सातामा बैंकहरुले १५ अर्ब ऋण प्रवाह गरेका थिए भने त्यसपछि ऋण लगानी सुस्तायो । बैशाख २४ सम्म आइपुग्दा २ अर्ब रुपैयाँमात्र ऋण प्रवाह भयो । तर अहिले फेरि बढेको छ । यो साता निक्षेप संकलन ६ अर्ब भएकोमा बैंकहरुले ५ अर्ब ऋण लगानी गरे । हालसम्म बाणिज्य