२ माघ, काठमाडौं । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो अनौपचारिक छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
एमाले र माओवादीका नेताहरुलाई अनौपचारिक छलफलका लागि बिहान ९ बजेपछि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । देउवाले आजै आफ्नै पार्टीका शीर्ष …