तीन प्रदेशका प्रमुख हटाउने सरकारको तयारी

काठमाडौँ। सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ। अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश २का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मानन्द यावदलाई हटाउने तयारी भएको हो। सोमबारको मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिएको उच्चस्तरीय स्रोतले बतायो। उनीहरुको ठाउँमा कसलाई नियुक्ति गरियो भन्ने खुलेको छैन। अघिल्लालाई हटाउँदै केपी ओली सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो।

सम्बन्धित सामग्री

प्रदेश प्रमुख तोक्ने सरकारको तयारी

२ माघ, काठमाडौं । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो अनौपचारिक छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । एमाले र माओवादीका नेताहरुलाई अनौपचारिक छलफलका लागि बिहान ९ बजेपछि बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । देउवाले आजै आफ्नै पार्टीका शीर्ष …