काठमाडाैँ – राष्ट्रपतिले सातै प्रदेशको प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सरकारले आजै नयाँ प्रदेश प्रमुख नियुक्तको तयारीमा आज सहमति जुट्न सकेन। उच्च स्रोतका अनुसार सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी ...
को–को भए प्रदेश प्रमुख ?
प्रदेश १
- गोविन्दबहादुर तुम्बाहाङ (३ माघ ०७४ – १८ कात्तिक ०७६)
- सोमनाथ अधिकारी ‘प्यासी’ (१८ कात्तिक ०७६ – २२ कात्तिक ०७८)
- पर्शुराम खापुङ (२२ कात्तिक ०७८ देखि बहाल)
मधेस
- रत्नेश्वरलाल...
कर्णालीको नयाँ प्रदेश प्रमुखमा तिलक परियारलाई नियुक्त गरिएको छ। प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीलाई पदमुक्त गरिएसँगै मंगलबार नयाँ प्रदेश प्रमुखमा परियारलाई नियुक्त गरिएको हो । अघिल्लो पटक पनि कर्णालीमा प्रदेश प्रमुखमा उनको नाम चर्चामा थियो । यद्यपि, उनको नियुक्ति हुन सकेन । रोल्पा लिवाङमा विपन्न दलित परिवारमा जन्मेका उनी २०२८ देखि कम्युनिष्ट राजनीतिमा लागेका व्यक्ति हुन्। उनी यस अघि पहिलोपटक २०७६ कत्तिक १८ मा प्रदेश २ को प्रमुखमा नियुक्त भएका थिए ।माओवादी केन्द्रबाट परियार प्रदेश प
संघीय सरंचनाको मेरुदण्ड मानिएको प्रदेश केन्द्रको छाँयाजस्तो बन्न पुगेको छ । प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीमा केन्द्र सरकारको मनलाग्दी छ । प्रदेश प्रमुख हेरफेर गर्ने अधिकार केन्द्र सरकारसँग भए पनि अकारण प्रदेश प्रमुखको बर्खास्ती र नियुक्ति भइरहेको छ । केन्द्रमा सरकार चलाउने पार्टीसँग आबद्धता नभए प्रदेश प्रमुखले विदा हुनुपर्ने नजिर बसेको छ । यही कारण प्रदेश संरचना कार्यान्वयनमा गएको ४ वर्ष नपुग्दै केही प्रदेशमा चार जनासम्म प्रदेश प्रमुख फेरिएका छन् । पहिलो कार्यकाल पुरा नहुँदै अहिल
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती केपी शर्मा ओली सरकारको पालामा भएका राजनीतिक नियुक्ति एकपछि अर्को गर्दै खारेज गर्दै गएको छ । ओलीको पालामा नियुक्त भएका ७ प्रदेश प्रमुख मध्ये ४ जनालाई देउवा सरकारले पदमुक्त गरेको छ ।
बिहीवार बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई प्रदेश प्रमुख बनाउन सिफारिश गरेको छ । बागमती प्रदेशमा बुधवार मात्र मुख्यमन्त्री परिवर्तन भएको थियो । डोरमणि पौडेलले राजीनामा गरेलगत्तै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।
यसअघि गत सोमवार मात्र प्रदेश २ का प्रदेश प्र...
नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न पाँचवटा निर्णयहरु गरेको छ । पहिलो निर्णयमा गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको छ । बैठकले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्ने निर्णय गरेको हो । संविधानको धारण ६६ को उपधारा (२) बमोजिम उनीहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।दोस्रो निर्णयमा नेपालको संविधानको
काठमाडौं : नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई पुनः नियुक्ति गर्न सिफारिस गरेको छ।मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले थाहाखबरलाई जानकारी दिए। यस्तै, आजै लुम्बिनी प्रदेशमा कांग्रेसको तर्फबाट प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी भइरहेको छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीता पाैडेललाई नियुक्त गरेको थियो। पहिले नै राजीनामा दि
काठमाडाैं। सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश प्रमुख बनेका मोहनराज मल्लको आज निधन भएको छ। लामो समय देखि निमोनियाले पीडित मल्ललाई कोभिड देखिएपछि निदान अस्पताल,ललितपुरमा भर्ना गरिएको थियो। उपचारको क्रममा आज बिहान मल्लको निधन भएको हो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई संघीय संरचना कार्यान्वयन गराउन नियुक्ति गरेका थिए।
बुटवल : लुम्बिनी प्रदेश प्रमुख दबाब र प्रलोभनमा परेर अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको सरोकारवालाहरुले आरोप लगाएका छन्। प्रदेश प्रमुखले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर पोखरेललाई नियुक्ति र सपथ गराएको उनीहरुले बताएका छन्।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका…
जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्। नवनियुक्त प्रदेश प्रमुख झाले आइतवार पदभार ग्रहण गरेका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झालाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो।…
जनकपुर : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ लाई १०१ किलोको माला लगाएर स्वागत गरिएको छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झा लाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो।
नियुक्तिसँगै आज कार्यक्षेत्र प्रदेश…