सरकारले राष्ट्रिय सभा चुनावको मिति, प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे एकैदिन निर्णय गर्ने तयारी गरेको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गरेपछि सरकारले चुनावको मिति तोक्न लागेको हो। ‘आयोग पदाधिकारीले हामी परामर्श गरेर मिति सिफारिश गछौं भनेका छन्,’ बालुवाटार स्रोतले भन्यो, ‘आयोगको सिफारिश आएपछि एकैसाथ चुनावको मिति, प्रदेश प्रमुख र…