हेटौंडा : शुक्रबारबाट देशभरि टाइफाइडविरुद्धको खोप लगाइँदैछ। बागमती प्रदेशका पनि १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।वैशाख १८ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत बागमती प्रदेशका १५ महिनादेखि १५ वर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाउने भएका हुन्।प्रदेश स्वास्थ्य निर्देशनालयको अनुसार खोप अभियानका लागि स्वास्थ्यकर्मी र खोप सम्बन्धित खोप केन्द्रमा पुगिसकेको छ। निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठका अनुसार प्रदेशका १३ ज