काठमाण्डाै - आजदेखि कृषि गणना सुरु भएको छ । देशभरका तीन लाख ५० हजार किसानको घरमा पुगेर गरिने सातौँ कृषि गणना आजदेखि सुरु भएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक खटाइएको छ ।
२०१८ सालदेखि सुरु भएको कृषि गणना हरेक १०–१० वर्षमा हुन्छ । यसअघि २०६८ सालमा कृषि गणना गरिएको थियो । आजदेखि १९ गतेसम्म सञ्चालन हुने कृषि गणनामा पालिकास्तरमा वैज्ञानिक विधिले ...