मनाङमा कृषि गणना गर्न १२ गणक र तीन सुपरीवेक्षक छनोट

मनाङ – आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरीवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालिममा सहभागी भइरहेका छन् । गणक र सुपरीवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत […]

सम्बन्धित सामग्री

कृषि गणना : बैतडीका साढे २५ हजार परिवारको लगत संकलन

सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत बैतडीका २५ हजार बढी परिवारको लगत सङ्कलन गरिएको छ ।      जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार १४४ क्षेत्रका २५ हजार ५७१ परिवारको लगत सङ्कलन गरिएको हो । गत वैशाख ६ गतेदेखि ४५ दिनसम्म गणक र सुपरीवेक्षक घरघरमा पुगेर लगत सङ्कलन गरेका थिए । उनीहरुले सङ्कलन गरेको तथ्याङ्क स्थलगत र जाँचबुझको कार्य सकिएको पन्तले बताए । उनले भने, “गणक र सुपरिवेक्षकले गरेको तथ्याङ्क सङ्कलन र त्यसपश्चात् स्थलगत कार्य सकेर छुटफु

खोटाङमा कृषि गणना सुरु

खोटाङ– खोटाङमा कृषि गणना सुरु गरिएको छ । सातौँ राष्ट्रिय कृषि गणनाअन्तरगत आगामी १९ जेठसम्म सञ्चालन हुने कृषिगणनाको काम मंगलबारदेखि सुरु गरिएको हो । कृषि गणनाका लागि छानिएको क्षेत्रमा १७ सुपरीवेक्षक र ६२ गणक खटाइएका छन् । कृषि गणनामा जिल्लाका १० स्थानीय तहका ७९ वडामध्ये ७४ वडाका १८१ क्षेत्रका करिब ४ हजार ४२५ कृषक समेटिने […]

देशभर आजदेखि कृषि गणना सुरु

काठमाडौं । केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेकाे छ । सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हाे । ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएका छन् । तथ्यांक […]

आजदेखि कृषि गणना सुरु

काठमाण्डाै - आजदेखि कृषि गणना सुरु भएको छ । देशभरका तीन लाख ५० हजार किसानको घरमा पुगेर गरिने सातौँ कृषि गणना आजदेखि सुरु भएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि गणनाका लागि पाँच हजार दुई सय गणक र एक हजार तीन सय सुपरीवेक्षक खटाइएको छ । २०१८ सालदेखि सुरु भएको कृषि गणना हरेक १०–१० वर्षमा हुन्छ । यसअघि २०६८ सालमा कृषि गणना गरिएको थियो । आजदेखि १९ गतेसम्म सञ्चालन हुने कृषि गणनामा पालिकास्तरमा वैज्ञानिक विधिले ...

आजदेखि देशभर कृषि गणना सुरु हुँदै

देशभरका ७७ जिल्लाका ७५३ पालिकामा कृषि गणना सुरु हुने भएको छ । आजदेखि देशभरका तीन लाख ५० हजार किसानका घरघरमा पुगी कृषि गणना सुरु गरिनेछ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक खटाइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन् । यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०÷१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । यो सातौँ कृषि गणना हो । नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो ।  वैश

कञ्चनपुरमा ७५ गणक र १९ सुपरीवेक्षकले कृषि गणना गर्ने

कञ्चनपुर : राष्ट्रिय कृषि गणनाका लागि कञ्चनपुरमा ७५ जना गणक र १९ जना सुपरीवेक्षक खटिने भएका छन्। गणक र सुपरीवेक्षकलाई तालिम दिइएको छ।वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषि गणना हुन लागेको हो। जिल्लाका २ सय १२ स्थानलाई गणना क्षेत्रका रुपमा चयन गरिएको कृषि गणना कार्यालय कञ्चनपुरका प्रमुख गोकर्णदेव न्यौपाने बताए।कृषि गणनाअन्तर्गत कृषक परिवारको संख्या, कृषि चलन, कृषि कामदार, कित्ताको विवरण र सिँचाइ, कित्ताअनुसार भू‒उपयोग, कित्ताअनुसार खेती गरिएका अन्नबाली, कोसेबाली, दलहन, कन्दमुल, तेलबाली, नग

कृषि गणना गर्न गणक र सुपरिवेक्षक छनोट

मनाङ । आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरिवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालीममा सहभागी भइरहेका छन् । गणक र सुपरिवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत इन्द्रविलास कोइराला तथा जिल्ला कृषिगणना अधिकृत सुदर्शन गौतमले प्रशिक्षण दिइरहेका छन् । कृषि गणनाका लागि  छनोट गरिएका कृषकका परिवारसँग कृषिका गतिविधिबारे विस्तृत विवरण संकलन गरिनेछ । गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागत रूपमा सञ्चालन भइरहेको कृषि कार्यको विवरण संकलन गरिने जिल्ला कृषि गणना कार्यालयका कृषि गणना अधिकृत इन्द्रविलास कोइरालाले जानकारी दिए । उनका अनुसार जिल्लामा १६७ गणना क्षेत्रबाट करिब चार हजार १७५ कृषक परिवारको गणना गरिने भएको छ । गणनाका लागि करिब दुई दर्जन प्रश्न समेटेर प्रश्नावली तयार पारिएको अधिकृत कोइरालाले बताए । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने अपेक्षा गरिएको छ । खेतीयोग्य जमिन, जमीनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा तथ्यांकले सहयोग पुर्‍याउनेछ । विसं २०१८ देखि केन्द्रीय तथ्यांक विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आइरहेको छ । यो सातौं कृषि गणना हो । रासस

बैतडीका १४४ क्षेत्रमा कृषि गणना

चैत १६, बैतडी । बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लाका दश स्थानीय तहका ८४ वटै वडामा कृषि गणना गरिने भएको हो । जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार सबैभन्दा बढी डिलाशैनी गाउँपालिकाका १७ स्थानमा कृषि गणना गरिने भएको छ । त्यस्तै दोगडाकेदार गाउँपालिका, पुर्चौँडी नगरपालिका, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका १६ स्थानमा कृषि गणना गरिने भएको हो । त्यसैगरी मेलौली नगरपालिका र सिगास गाउँपालिकाका १५ स्थान, सुर्नया र पञ्चेश्वर गाउँपालिकाका १२ स्थान तथा शिवनाथ गाउँपालिकाका ९ स्थानमा गणना गरिने छ । गणनाका लागि १२ सुपरीवेक्षक र ५० गणक खटाइने जिल्ला कृषि गणना कार्यालयले जानकारी दिएको छ । आगामी चैत २४ गतेसम्म सुपरिवेक्षक तथा गणकलाई करारमा नियुक्त गरिने कार्यक्रम रहेको कार्यालयले जानकारी दिएको छ । २५ चैतदेखि उनीहरुलाई तालिम दिइने कृषि गणना कार्यालय प्रमुख पन्तले जानकारी दिए । तालिमपश्चात् आगामी वैशाख ६ देखि जेठ १९ गतेसम्म कृषि गणना गरिने छ । गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लगाइएको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाईको विवरण लिइने छ । त्यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सँख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गाका आधारमा जग्गामा स्वामित्वको अवस्थालगायतबारे गणकले तथ्यांक संकलन गर्ने छन् ।  कृषिमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्दतिको प्रयोग, माटो परीक्षण, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने कार्यालयले जनाएको छ । चैत १ गते जिल्ला सदरमुकाममा जिल्ला कृषि गणना कार्यालय स्थापना गरिएको थियो ।  नेपालमा वि.सं. २०१८ सालदेखि प्रत्येक दश वर्षमा कृषि गणना गरिँदै आएको छ । रासस

सातौं कृषि गणनाको तयारी सुरु

जिल्लाका सात स्थानीय तहमा १६ जना सुपरीवेक्षक र ६४ जना गणक खटिने जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।

पर्वतमा राष्ट्रिय कृषि गणनाको तयारी

पर्वत : सातौँ राष्ट्रिय कृषि गणनाकf लागि पर्वतमा चैत १ गतेदेखि कृषि ज्ञानकेन्द्र पर्वतको परिसरमा कार्यालय स्थापना गरिएको छ। यसले जेठ मसान्तसम्म जिल्लाका सातवटै स्थानीय तहमा सुपरीवेक्षक र गणकहरू खटाएर कृषि गणना गर्नेछ।पर्वतका जिल्ला कृषि गणना अधिकृत सुरेन्द्रराज पौडेलका अनुसार तथ्याङ्क विभागले सुपरीवेक्षक र गणक माग गर्दै चैत ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन भनेको छ।किन गरिन्छ कृषि गणना?पौडेलले नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान महत्त्वपूर्ण रहेकाले कृषि गणना नेपालका लागि मह