मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमालाई ताजा धम्की दिँदै युक्रेनमा हस्तक्षेप गर्ने कुनै पनि देशले ‘बिजुलीको गति’मा सैन्य प्रतिक्रियाको सामना गर्ने बताएका छन् ।
“हामीसँग यसका लागि सबै हतियारहरू छन्, जुन अरु कसैले दावा गर्न सक्दैन... आवश्यक भएमा हामीले ती प्रयोग गर्नेछौँ,” उनले भने । “हामीले यसबारे सबै निर्णय गरिसकेका छौँ...