नेपाल प्रहरीका लागि आवश्यक हतियार खरिद प्रक्रियामा गएलगत्तै हतियार खरिदको आवश्यकता र औचित्यको सम्बन्धमा यतिबेला विवाद बढेको छ । प्रहरीलाई हतियार नै आवश्यक नरहेको, देश आर्थिक सङ्कटबाट गुज्रिरहेको समयमा हतियार किन्न लागिएको र बजार मूल्यभन्दा तीन गुणा महँगोमा हतियार खरिद गर्न लागेको लगायतका विषयले यतिबेला खरिद प्रक्रिया नै विवादमा मुछिएको हो ।विवादकै बीच नेपाल प्रहरीले केही दिनअघि विज्ञप्ति निकालेर प्रहरीका लागि हतियार आवश्यक रहेको र ती हतियारहरू घातक हतियार नभएर आत्मरक्षा र सुरक्षाका दृष्किोणले आव