ओलम्पिकमा लगातार सातौंपटक महिला बास्केटबलमा अमेरिकालाई स्वर्ण

काठमाडौं । लगातार सातौंपटक ओलम्पिकमा अमेरिकी महिला बास्केटबल टोलीले स्वर्ण जितेको छ । आइतबार बिहान घरेलु टोली जापानमाथि ९०-७५ को नतिजामा जित निकाल्दै अमेरिकाले आफ्नो प्रभुत्व कायम राख्यो । सन् १९९२ बार्सिलोना ओलम्पिकमा कमनवेल्थले जितेयताका सबै संस्करणमा अमेरिकी महिला टोलीले एक छत्र राज गर्दै आएको छ । सन् १९९६ को एटलान्टा ओलम्पिक, २००० को सिड्नी […]

सम्बन्धित सामग्री

एनआरएनकी एस्लीले जितिन् ३ स्वर्ण

पाेखरा – नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला पौडीतर्फ एनआरएनएबाट सहभागिता जनाएकी एस्ली सापकोटा डंगोलले लगातार तीन स्वर्ण जितेकी छन्। पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा आइतबार साँझ भएको पौडीतर्फका तीन इभेन्ट स्वर्ण जितेकी एस्ली अमेरिकास्थित क्यालिफोर्नियाबाट नवौं राष्ट्रिय खेलमा सहभागिताका लागि नेपाल फर्किएकी हुन्। एस्लीले ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टायल र २०० मिटर ब्याकस्ट्रोकमा […]

भारतलाई ९ रनले हराउँदै अष्ट्रेलियाले जित्यो कमनवेल्थ स्वर्ण

२३ साउन, काठमाडौं । महिला क्रिकेटमा आफ्नो प्रभुत्व कायम राख्दै अस्ट्रेलियाले भारतमाथि ९ रनको रोमाञ्चक जितसहित कमनवेल्थ खेलकुदमा स्वर्ण जितेका छ । महिला एसेज, टी-२० र एक दिवसीय विश्वकपको उपाधि जितेयता अस्ट्रेलियाको यो लगातार चौथो ठूलो सफलता हो । कुनै समय बेलायतको उपनिवेशबाट गुज्रिएका देशहरुबीचको खेलकुद प्रतिस्पर्धा कमनवेल्थ खेलकुद अहिले बेलायतकै बर्मिंघममा भइरहेको छ  । […]

प्रशिक्षक भट्ट भन्छन् : ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।  मंगलबार बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनलमा उज्बेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो पटक एभिसी सेन्ट्रल जोनको उपाधिमाथि कब्जा जमाएको थियो ।  ‘राष्ट्रलाई भलिबल खेलमार्फत ऐतिहासिक दोस्रो स्वर्ण पदक दिलाउन सफल भएकोमा खुसी छु । हामीले अत्यन्तै दबाबमा खेल्नुपर्‍यो । तर अन्ततः नेपाललाई जित द

टोकियो ओलम्पिकः अमेरिकी महिला टिमले जित्यो लगातार सातौं स्वर्ण

एजेन्सी। ब्रिट्नी ग्रिनरको ३० अंकप्रेरित अमेरिकाले आज महिला बास्केटबलमा जापानलाई ९०–७५ ले हराउँदै स्वर्ण पदक जितेको छ। अमेरिकाले ओलम्पिकको महिला बास्केटलबमा स्वर्ण पदक जितेको यो लगातार सातौं पटक हो। अमेरिकाकी ३६ वर्षिया सुए बर्ड र ३८ वर्षिया डाएना टाउरासीले पाँच स्वर्ण पदक जित्न सफल भए। जापानले पहिलोपटक रजत जित्यो। सर्वियालाई ९१–७६ ले हराउँदै फ्रान्सले काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः महिला ४ गुणा ४०० मिटर दौडमा अमेरिकालाई लगातार सातौँ स्वर्ण

एजेन्सी। अमेरिकाले एथलेटिक्स महिला ४ गुणा ४०० मिटर दौडमा लगातार सातौँ पटक स्वर्ण पदक जितेको छ। अमेरिकाले ३ मिनेट १६.८५ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेको हो। पोल्यान्डले ३ मिनेट २०.५३ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जित्यो। जमैकाले ३ मिनेट २१.२४ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जित्यो।

ओलम्पिक महिला फुटबलमा क्यानडालाई स्वर्ण

क्यानडाले ओलम्पिकअन्तर्गत महिला फुटबलको स्वर्ण पदक जितेको छ। शुक्रबार साँझ भएको फाइनलमा क्यानडाले स्वीडेनलाई ट्राइ ब्रेकरमा ३-२ गोलले पराजित गर्‍यो। सुरुका पाँच-पाँच पेनाल्टी सुटआउटमा दुवै टोलीबाट दुई-दुई गोल भएको थियो। छैँटौँ प्रहारमा भने स्वीडेनले गोल हान्न सकेन भने आफ्नो प्रहारमा गोल गर्दै क्यानडाले जित हासिल गरेको हो। ट्राइब्रेकरमा पहिलो प्रहारमा गोल गरेको क्यानडा एकपछि लगातार […]

टोकियो ओलम्पिकः टेबल टेनिसको महिला टिममा चीनलाई लगातार चौथो पटक स्वर्ण

एजेन्सी। चीनको महिला टिमले ओलम्पिकको टेबल टेनिसमा आफ्नो दबदबालाई निरन्तरता दिएको छ। चीनले महिला टिम स्पर्धामा आयोजक जापानलाई ३–० ले हराएको हो। चीनले महिला टिम स्पर्धामा २००८ को बेइजिङ ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। हङकङले जर्मनीलाई ३–१ ले हराउँदै कास्य पदक जित्यो। चीनले महिला र पुरुष एकलमा पनि स्वर्ण पदक जितेको थियो।

टोकियो ओलम्पिकः ब्याडमिन्टन महिला एकलको स्वर्ण चीनलाई

एजेन्सी। चीनकी चेन यु फेईले महिला एकल ब्याडमिन्टनको स्वर्ण पदक जितेकी छन्। शीर्ष वरीयताकी चेनले चाइनिज ताईपेईकी ताई जु–यिङलाई २१–१८, १९–२१, २१–१८ को स्कोरमा हराएकी थिइन्। यससँगै महिला ब्याडमिन्टनमा चीनले पुनरागमन गरेको छ। रियो ओलम्पिकमा स्पेनकी क्यारोलिना मारिनले जित्नुअघि चीनले लगातार चार पटक स्वर्ण पदक जितेको थियो। घुँडाको चोटका कारण मारिनले उपाधि रक्षा गर्न सकिनन्।

दक्षिण कोरिया महिला टिमले आर्चरीमा जित्यो लगातार नवौं पटक स्वर्ण

एजेन्सी। दक्षिण कोरिया महिला टिमले लगातार नवौं पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ। आन सान नेतृत्वको टिमले रुसलाई ६–० को स्कोरमा हराउँदै स्वर्ण पदक जितेको हो। दक्षिण कोरियाले १९८८ को सियोल ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। सियोल ओलम्पिकबाटै आर्चरीले ओलम्पिकमा प्रवेश पाएको हो। जर्मनीले बेलारूसलाई ५–१ को स्कोरमा हराउँदै काश्य पदक जित्यो।