टोकियो ओलम्पिकः ब्याडमिन्टन महिला एकलको स्वर्ण चीनलाई

एजेन्सी। चीनकी चेन यु फेईले महिला एकल ब्याडमिन्टनको स्वर्ण पदक जितेकी छन्। शीर्ष वरीयताकी चेनले चाइनिज ताईपेईकी ताई जु–यिङलाई २१–१८, १९–२१, २१–१८ को स्कोरमा हराएकी थिइन्। यससँगै महिला ब्याडमिन्टनमा चीनले पुनरागमन गरेको छ। रियो ओलम्पिकमा स्पेनकी क्यारोलिना मारिनले जित्नुअघि चीनले लगातार चार पटक स्वर्ण पदक जितेको थियो। घुँडाको चोटका कारण मारिनले उपाधि रक्षा गर्न सकिनन्।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः रुसकी बात्साराश्किनाले कीर्तिमानसहित जितिन् स्वर्ण

एजेन्सी। रुसकी सुटर भितालिना बात्साराश्किनाले टोकियो ओलम्पिक–२०२० मा सुटिङको महिला १० मिटर एयर पिस्तोल स्पर्धामा स्वर्ण पदक जितेकी छन्। बात्साराश्किनाले ओलम्पिक कीर्तिमान २४०.३ अंक जोडेकी थिइन्। उनले पाँच वर्षअघि रियो ओलम्पिकमा रजत पदक जितेकी थिइन्। २३९.४ अंक जोड्दै बुल्गेरियाकी एन्टोएनेटा कोस्टाडिनोभाले रजत पदक जितिन्। चीनकी जियाङ रान्जिनले २१८ अंक जोडेर काश्य पदक हात पारिन्।