राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासङ्घले हालै जारी गरेको बरियतामा जुनियर महिला युगलतर्फ सातौँ स्थानमा पुग्न सफल भएकी छिन् । जुनियर महिला एकलतर्फ यसअघि १९औँ स्थानमा रहेकी महर्जन विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला ब्याडमिन्टन खेलाडी हुन् । नेपाल ब्याडमिन्टन सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको सान, मानलाई उच्च राख्न सफल भए