काठमाण्डाै – विश्व फुटबल महासङ्घ (फिफा) को वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७५ औँ स्थानमा यथावत् रहेको हो ।नेपाल अघिल्लो महिना पनि एक सय ७५ औँ स्थानमै थियो । नयाँ वरीयताअनुसार दक्षिण एसियामा भारत एक सय छ औँ स्थानमा रहँदै पहिलाे स्थानमा छ । यस्तै माल्दिभ्स एक सय ५६ औँ, भुटान एक ८५ औँ, बङ्गलादेश एक सय ९२ औँ, पाकिस्तान एक सय ९५ औँ र श्रीलङ्का दुई सय सातौँ स्थानमा छ ।फिफा वरीयताअनुसार कतार विश्व कप जितेकाे अर्जेन्टिना एक स्थान माथ...