बिहानै मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाउने ६ जना चालक आइतबार कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहान साढे ५ देखि साढे ८ बजेसम्म जाँच गरेको थियो । त्यसक्रममा मापसे गरेर स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका हुन् ।