काठमाडौंमा मापसे गरेका १४ स्कुल बस चालक कारबाहीमा

काठमाडौं। काठमाडौंमा मापसे गरेका १४ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ। विराटनगरमा आजदेखि मल बिक्री वितरण सुरु गरिएको छ। निजगढ नगरपालिकामा तालाबन्दी रोक्न राप्रपाले ७२ घण्टे अल्टिमेटम दिएको छ। बर्दियामा लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पाकिस्तानमा आतङ्ककारी हमला हुँदा २ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

आज पनि ६ जना स्कुल बस चालक मापसेमा, ३ सातामा २२ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले गरेको छड्के जाँचमा मात्र पछिल्लो तीन सातामा काठमाडौं उपत्यकाभित्र मापसे गरेर चलाउने २२ स्कुल बस चालक भेटिएका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आइतबार मात्र ६ जना स्कुल बस चालकलाई मासपेमा कारबाहि गरेको छ । साउन ८ गतेदेखि सुरु गरेको छड्के जाँचमा विभिन्न कसुरमा एक सय १७ स्कुल बस चालक कारबाहीमा […]

काठमाडौंमा १४ स्कुल बस चालक कारबाहीमा

काठमाडौं । काठमाडौंमा मापसे तथा विभिन्न कसुर गरी स्कुलका सवारीसाधन हाँक्ने १४ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । मादकपदार्थ सेवन गरी स्कुल बस चलाएकोलगायत आरोपमा उनीहरू कारबाहीमा परेका हुन् । स्कुल बस निर्देशिका, २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनका चालकलाई कारबाही तथा सचेत गराउने अभियान चलाइएको छ...