क्रिकेटर पृथु बास्कोटासहित आठजना पक्राउ : ठगी मुद्दा चलाउने तयारी

चर्चित डिजे मार्समेलोको कन्सर्ट आयोजना गर्ने भन्दै रकम असुली गरेको आरोपमा क्रिकेटर पृथु बास्कोटासहित राजधानीको दरबारमार्गमा

सम्बन्धित सामग्री

तुलसी सहकारी हिनामिना प्रकरण : सञ्चालकको बयान शुरू, ९ जनाविरुद्ध ठगी मुद्दा

विराटनगर । १ अर्ब रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोपमा पक्राउ परेका तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालकको बयान लिन थालिएको छ । जिल्ला अदालत मोरङमा संस्थाका दुई सञ्चालक, प्रबन्धक र लेखापरीक्षक गरी चारजनाको बयान बुधवारदेखि लिन थालिएको हो । पाँचजना भने अझै फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले ९ जनाविरुद्ध ठगी मुद्दा चलाएको छ । जिल्ला न्यायाधिवक्ता रामहरि शर्माका अनुसार मोरङबाट मात्र १ हजार ३०७ जनाले सहकारीका सञ्चालकविरुद्ध जाहेरी दिएका छन् । जाहेरकर्ताले ६७ करोड ८६ लाख २१ हजार रुपैयाँ माग दाबी गरेका छन् । मोरङ सुनसरी, झापा, उदयपुर र सिरहामा शाखा कार्यालय सञ्चालन गरी सर्वसाधारणबाट उठाएको रकम निजी व्यवसायमा लगाएको आरोपमा सञ्चालकहरूविरुद्ध अदालतमा ठगी मुद्दा चलाइएको हो । पक्राउ परेका सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने, प्रबन्धक मन्दिप खवास र लेखापरीक्षक शीतल चन्द प्रहरी हिरासतमा छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित पाँचजना फरार छन् । जिल्ला प्रहरी प्रमुख दीपक पोखरेलले अनुसन्धान सकेर ९ जनाविरुद्ध ठगी मुद्दा चलाइएको बताए । सर्वसाधारणको रकम असुल हुनेगरी आफूहरूले ठगी मुद्दा दर्ता गराएको जानकारी उनले दिए । प्रहरीका अनुसार सहकारीको ठगी अनुसन्धान गर्न केन्द्रीय र प्रादेशिक प्रहरीको अनुसन्धान समूहसँग सहयोग लिइएको छ । मोरङपछि अब झापा, उदयपुर र सिरहाबाट पीडितको जाहेरी लिइने बताइएको छ ।

कल सेन्टरबाट ठगी प्रकरण : पक्राउ परेकामध्ये दुईविरुद्ध ठगी मुद्दा

रुपन्देहीको तिलोत्तमामा ब्लुस्काइ बिजनेश सोलुसन प्रालिको नाममा कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरोपमा पक्राउ परेकामध्ये दुईजनालाई प्रहरीले ठगी मुद्दा अघि बढाएको छ । अनलाइनमार्फत् ठगी गरेको पाइएपछि ठगी मुद्दा...

निर्माण व्यवसायी प्रेम मल्ल ठगी आरोपमा पक्राउ

निर्माण व्यवसायी प्रेम कुमार मल्ललाई प्रहरीले पक्राउ गरेको छ । प्रेरा निर्माण सेवाका प्रोपाइटर मल्ललाई जावलाखेलबाट पक्राउ गरिएको ललितपुरका एसएसपी यज्ञ विनोद पोखरेलले रातोपाटीलाई बताए ।चितवन घर भएका मल्लले ज्योति कन्स्ट्रक्सनका सञ्चालक राजकिशोर गुप्तालाई ठगी गरेको आरोप छ । मल्ललाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले पक्राउ अनुमति दिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको ठगी मुद्दा अनुसन्धान गर्न मल्ललाई धनुषामा पठाइएको एसएसपी पोखरेलले जानकारी दिए ।

दाङका ठेकेदार अनुप पाण्डेविरुद्ध ५ करोड ८९ लाख रुपैयाँ ठगीको उजुरी

दाङ - दाङको तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएर अलपत्र पारेको आरोप लागेका ठेकेदार अनुप पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी मुद्दा परेपछि ठेकेदार पाण्डेलाई पक्राउ पुर्जी जारी गरेर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएका ठेकेदार पाण्डेविरूद्ध कुल ५ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभिन्न १७ जनाले प्रहरी र प्रशासनमा जाहेरी दिएका थिए। पाण्डेविरुद्ध घोराही उपमहानगरपालिका वडा नम्बर–१५ भरतपुरका व्य...

ठगी गरेको आरोपमा सुर्खेतमा दुईजना पक्राउ

सुर्खेत प्रहरीले ‘पत्रकार हुँ’ भन्दै ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा धर्मेन्द्र शाही र राजेन्द्र विक रहेका छन्। ‘एक टेलिभिजनको सुर्खेत संवाददाता हो भनेर उनीहरुले परिचय दिएको खुलेको छ,’ उनले रातोपाटीसँग भने ,‘ उनीहरुले आफ्नो कम्पनीमा सेयर खुलेको भनेर ठगी गरेको पाइएको छ ।’ घर्तीले पक्राउ परेका दुवै जनामाथि ठगी मुद्दा चलिरहेको बताए । ठगी मुद्दाम

उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी

काठमाण्डौ – नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ ।  प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले गृह मन्त्रालयको निर्देशन...

ललिता निवास प्रकरण : गच्छदारसहित १७२ विरुद्ध ठगी मुद्दा, पक्राउको बाटो खुल्यो

काठमाडौंं : ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेका १७५ जना मध्ये १७२ जनाविरुद्द ठगी मुद्दा दर्ता भएको छ। आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)ले गृहमन्त्रालयको जाहेरीमा मुद्दा दर्ता गरेसँगै आरोपीहरुलाई पक्राउ गरेर मुद्दा अघि बढाउने बाटो खुलेको ...

पूर्वमन्त्री ज्योतिविरुद्ध ठगी मुद्दा

काठमाडौं : जिल्ला अदालत काठमाडौंले ठगी मुद्दामा पूर्वमन्त्री रूप ज्योतिविरद्ध पक्राउ पूर्जी जारी गरेको छ। उनले हाउजिङ निर्माण गर्ने भन्दै सर्वसाधारणबाट रकम असुलेको आरोपमा उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।  ‘ल्याण्डमार्क डेभलपर्स प्रा.लि’ मार्फत काठमाडौंका विज्ञेन्द्रकृष्ण मल्लको २ करोड ७० लाख रुपै...

सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता पाँच लाख घुससहित पक्राउ

पोखरा : जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्था पक्राउ परेका छन्। अख्तियार दुरुपोग अनुसन्धान आयोग पोखराको टोलीले सहन्यायधिवक्ता घुस लिँदालिँदै पक्राउ गरेको हो। ठगी मुद्दा पुनरावेदन नगर्ने भन्दै पाँच लाख लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार...

ठगी मुद्दा चलाउन प्रहरीको सिफारिस

गत माघ १५ गते पक्राउ परेका अस्पताल सञ्चालक र विदेशी डाक्टरमाथि ठगी मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ।