दाङ - दाङको तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएर अलपत्र पारेको आरोप लागेका ठेकेदार अनुप पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ठगी मुद्दा परेपछि ठेकेदार पाण्डेलाई पक्राउ पुर्जी जारी गरेर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएका ठेकेदार पाण्डेविरूद्ध कुल ५ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभिन्न १७ जनाले प्रहरी र प्रशासनमा जाहेरी दिएका थिए।
पाण्डेविरुद्ध घोराही उपमहानगरपालिका वडा नम्बर–१५ भरतपुरका व्य...