तुलसी सहकारी हिनामिना प्रकरण : सञ्चालकको बयान शुरू, ९ जनाविरुद्ध ठगी मुद्दा

विराटनगर । १ अर्ब रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोपमा पक्राउ परेका तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालकको बयान लिन थालिएको छ । जिल्ला अदालत मोरङमा संस्थाका दुई सञ्चालक, प्रबन्धक र लेखापरीक्षक गरी चारजनाको बयान बुधवारदेखि लिन थालिएको हो । पाँचजना भने अझै फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले ९ जनाविरुद्ध ठगी मुद्दा चलाएको छ । जिल्ला न्यायाधिवक्ता रामहरि शर्माका अनुसार मोरङबाट मात्र १ हजार ३०७ जनाले सहकारीका सञ्चालकविरुद्ध जाहेरी दिएका छन् । जाहेरकर्ताले ६७ करोड ८६ लाख २१ हजार रुपैयाँ माग दाबी गरेका छन् । मोरङ सुनसरी, झापा, उदयपुर र सिरहामा शाखा कार्यालय सञ्चालन गरी सर्वसाधारणबाट उठाएको रकम निजी व्यवसायमा लगाएको आरोपमा सञ्चालकहरूविरुद्ध अदालतमा ठगी मुद्दा चलाइएको हो । पक्राउ परेका सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने, प्रबन्धक मन्दिप खवास र लेखापरीक्षक शीतल चन्द प्रहरी हिरासतमा छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित पाँचजना फरार छन् । जिल्ला प्रहरी प्रमुख दीपक पोखरेलले अनुसन्धान सकेर ९ जनाविरुद्ध ठगी मुद्दा चलाइएको बताए । सर्वसाधारणको रकम असुल हुनेगरी आफूहरूले ठगी मुद्दा दर्ता गराएको जानकारी उनले दिए । प्रहरीका अनुसार सहकारीको ठगी अनुसन्धान गर्न केन्द्रीय र प्रादेशिक प्रहरीको अनुसन्धान समूहसँग सहयोग लिइएको छ । मोरङपछि अब झापा, उदयपुर र सिरहाबाट पीडितको जाहेरी लिइने बताइएको छ ।

सम्बन्धित सामग्री

कर्जा नतिरेपछि तुलसी बहुमुखी सहकारीको धितो लिलाम गर्दै सहकारी बैंक

३ माघ, काठमाडौं । कर्जा नतिरेपछि राष्ट्रिय सहकारी बैंकले विराटनगरको तुलसी सहकारी संस्थाको नाममा रहेको सम्पत्ति लिलामीको सूचना निकालेको छ । तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका नाममा मालपोत कार्यालय विराटनगरमा दर्ता श्रेस्ता कायम रहेको मोरङ साविकको झापा बैजनाथपुर गाविस–१ को कित्ता नम्बर ७३२ को ५०८.७४ वर्गमिटर र कित्ता नम्बर ७३३ को २९०१.२६ वर्गमिटर जग्गा लिलामीमा […]

तुलसी सहकारी घोटाला प्रकरण : ३५ वर्ष पढाएर कमाएको सबै पैसा डुब्यो

२५ असार, विराटनगर । विराटनगर महानगरपालिका– ५ का सन्तोष गुरागाईं चाँदनीचोकमा चियापसल चलाउँछन् । भारतमा केही वर्षको रोजगारीपछि फर्किएर उनले चियापसल सञ्चालन गरेको धेरै वर्ष भइसक्यो । दुई वर्ष अगाडि तुलसी बहुमुखी सहकारीमा उनले घरजग्गा बेचेर पैसा राखे । घरजग्गा बेचेर सहकारीमा राख्नुको कारण थियो, राम्रो ब्याज र छोरीलाई अध्ययनका लागि विदेश पठाउने कागजात मिलाउन […]

तुलसी सहकारी घोटाला : सिटी सफारी चलाएर ८ वर्षमा कमाएको सबै पैसा सहकारीले खाइदियो

१४ असार, विराटनगर । विराटनगर महानगरपालिका–५ का पूर्णकुमार श्रेष्ठ ‘विराटनगर १ ह १५७’ नम्बरको सिटी सफारी चलाउँछन् । उनले सफारी चलाउन थालेको ८ वर्षजति भयो । त्यसअघि भने टेम्पो चलाउँथे । सिटी चलाउँदा राम्रै कमाइ भयो । दिनभरिको कमाइ २०७२ सालदेखि तुलसी बहुमुखी सहकारी संस्थामा बचत गर्न थाले । छोरा र उनको नाममा सहकारीमा १३ लाख […]

फरार तुलसी सहकारी सञ्चालक पक्राउ, बचतकर्ताकाे ५० करोड फर्केला ?

सर्वसाधारणले सहकारीमा बचत गरेको करोडौँ रकम अपचलन गरी ४ महिनायता फरार रहेका उदयपुर र मोरङमा सञ्चालित ‘तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड’का सञ्चालक केदारनाथ शर्मा प्रहरी नियन्त्रणमा परेका छन्।...

सहकारी ठगी प्रकरणमा शिवशिखरका अध्यक्ष शर्मा पक्राउ

काठमाडौं : सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो।अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शर्मालाई पक्राउ गरेको पुष्टि गर्दै मंगलबार नै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए। शर्मा यसअघि भारतमा लुकीछिपी बस्दै आएका थिए।शिवशिखरसहित मोरङमा गएर उनले तुलसी सहकारी पनि खोलेका थिए। दुवै सहकारीका बचतकर्ताको ठू

तुलसी सहकारी पदाधिकारीसहित ३ जना पुर्पक्षका लागि थुनामा

२४ चैत, विराटनगर । जिल्ला अदालत, मोरङले तुलसी बहुमुखी सहकारीका दुई पदाधिकारीसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । १ हजार ३०७ बचतकर्ताको ५० करोड ८८ लाख ७८ हजार ७१८ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहितका ८ जनाविरुद्ध मुद्दा चलाएको थियो । अदालतले उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने […]

शिखरका सञ्चालक फरार भएपछी कर्मचारीले नै कर्पोरेट सीईओको कार्यकक्ष घेर्ने तयारी

शिखर अर्गनाइजेसन ग्रुप अन्तर्गतका शिवशिखर र तुलसी सहकारी संस्था टाट पल्टिएको हल्लाले वचतकर्ताहरु त्रसित छन्। अध्यक्षसहित अधिकांश सञ्चालक सम्पर्कविहिन छन् भने कतिपयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सहकारी डुवेको हल्लासँगै काठमाण्डौ स्थित कर्पोरेट ...

अध्यक्ष केदारनाथका श्रीमान–श्रीमतीले यसरी डुबाए तुलसी सहकारी

१ सय ४५ करोड निक्षेप हिनामिना गरेको आशङ्कापछि विवादमा परेको विराटनगर स्थित तुलसी बहुमुखी सहकारी संस्था थप संकटमा देखिएको छ। सरकारीमा देखिएको समस्याका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले छानबिन ...

२५ दिनदेखि तुलसी सहकारी बन्द, १० हजार बचतकर्ताको डेढ अर्ब जोखिममा

२५ फागुन, विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था २५ दिनदेखि बन्द हुँदा सर्बसाधारणको डेढ अर्ब रुपैयाँ जोखिममा परेको छ । सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि सहकारीको कार्यालय फागुन १ गतेदेखि बन्द छ । उपाध्यक्ष अनिता …