नेपाली कांग्रेस रूपान्तरण अभियानले आइतबार काठमाडौंमा गर्ने तय गरेको कार्यक्रममा शेखर कोइराला सहभागी नहुने कुरा आएपछि उक्त समूहभित्र हलचल मच्चिएको छ।...
नेपाली कांग्रेस इतर समूह ‘रूपान्तरण अभियान’ का कारण विभाजित देखिएको छ। समूहका नेता शेखर कोइराला र पर्टीका महामन्त्री गगन थापाबीच मतभिन्नता देखिएको हो। यसले इतर समूहभित्र फेरि प्रष्ट रूपमा दुई खेमा देखिएको छ।...
नेपाली कांग्रेस इतर समूह ‘रूपान्तरण अभियान’ का कारण विभाजित देखिएको छ। समूहका नेता शेखर कोइराला र पर्टीका महामन्त्री गगन थापाबीच मतभिन्नता देखिएको हो। यसले इतर समूहभित्र फेरि प्रष्ट रूपमा दुई खेमा देखिएको छ।...
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको बताउनुभएको छ । कांग्रेस पूर्वजिल्ला सभापतिले बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा उहाँले पार्टी रूपान्तरणका सिलसिसिलामा आएका सुझावलाई कार्यान्वयन गर्न सके पार्टी झन् बलियो हुने बताउनुभएको हो । …
नेपाली कांग्रेसमा रूपान्तरण र पुस्तान्तरणको एजेण्डामा उठाउँदै आएको नेता डा. चन्द्र भण्डारी सभापति शेरबहादुर देउवाको आलोचकमध्ये एक हुन्। कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा पराजित भएका भण्डारी चुनावमा सत्तारुढ गठबन्धनको विपक्षमा छन्। पार्टीभित्र पुरानो पुस्ताको व्यवस्थापन र नयाँ पुस्ताको जिम्मेवारीको वकालत गर्दै आएका भण्डारी कोइरालाको प्यानल निमार्णका योजनाकार पनि हुन्। […]
कांग्रेसको १४ औं महाधिवेशनमा प्यानल बनाएर निर्वाचनमा भाग लिएका शेखर कोइराला समूहका नेताहरूले पार्टीमा रूपान्तरण चाहने शक्ति एक ठाउँ बस्न नसक्नु दुर्भाग्य भएको बताएका छन् । आफूले पदका लागि नभएर विचार स्थापित गर्न चाहेको उनीहरूले बताए ।
असार २५, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् ।
नेपाल फ्रान्स व्यवसायिक मञ्चको भर्चुअल बैठकलाई बिहीवार संवोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताएका छन् ।
अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढीसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउँदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे ।
अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा पनि जानकारी गराए । नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गर्दै विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पुयाउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसँग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएको बताए ।
हालसम्म फ्रान्सबाट १०७ परियोजनामा करीब एक अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । व्यापार प्रवर्द्धन केन्द्रका अनुसार गतवर्ष फ्रान्ससँगको व्यापार घाटा करीब साढे ८ अर्ब रुपैयाँ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको मेडेफ इन्टरनेशनल आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौं स्थित फान्सली दूतावास र पेरिसस्थित नेपाली दूतावासको सहयोग रहेको थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीहरूको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, पर्यटन, उर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, रेमिमिट्यान्स लगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।
कार्यक्रमलाई संवोधन गर्दै नेपालका लागि फ्रेन्सेली राजदूत फंस्वा–जाभिए र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरि लाभ उठाउन जोड दिए । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुंगा हुने उनीहरूको विश्वास थियो ।
मेडेफको भारत तथा नेपालका लागि प्रमुख डेनियल मात्रेले नेपालमा लगानीको वातावरणलाई आफूले नजिकबाट नियालीरहेको बताउँदै भारतमा रहेको फ्रान्सेली संयुक्त लगानीलाई नेपालमा आकर्षित गर्न आफ्नो तर्फबाट प्रयास भइरहेको जानकारी गराए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजवूद पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजजेश फोरम जस्ता मञ्चको अधिकतम प्रयोगमा जोड दिए । नेपाल बाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न आग्रह गरे । पर्यटन तथा आतिथ्यता क्षेत्रमा रहेको फ्रान्सको विज्ञता नेपालको पर्यटन प्रवर्द्धनमा पनि आकर्षण गर्नुपर्ने सुझाव उनको थियो । बैंकिङ क्षेत्रमा पनि लगानीको सम्भाव्यता रहेको उनले स्पष्ट पारे ।