विदेशी लगानीकर्तालाई पर्याप्त अवसर : अध्यक्ष गोल्छा

असार २५, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् । नेपाल फ्रान्स व्यवसायिक मञ्चको भर्चुअल बैठकलाई बिहीवार संवोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताएका छन् ।  अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढीसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउँदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे ।  अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा पनि जानकारी गराए । नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गर्दै विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पुयाउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसँग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएको बताए ।  हालसम्म फ्रान्सबाट १०७ परियोजनामा करीब एक अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । व्यापार प्रवर्द्धन केन्द्रका अनुसार गतवर्ष फ्रान्ससँगको व्यापार घाटा करीब साढे ८ अर्ब रुपैयाँ छ ।  नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको मेडेफ इन्टरनेशनल आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौं स्थित फान्सली दूतावास र पेरिसस्थित नेपाली दूतावासको सहयोग रहेको थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीहरूको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, पर्यटन, उर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, रेमिमिट्यान्स लगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो । कार्यक्रमलाई संवोधन गर्दै नेपालका लागि फ्रेन्सेली राजदूत फंस्वा–जाभिए र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरि लाभ उठाउन जोड दिए । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुंगा हुने उनीहरूको विश्वास थियो ।  मेडेफको भारत तथा नेपालका लागि प्रमुख डेनियल मात्रेले नेपालमा लगानीको वातावरणलाई आफूले नजिकबाट नियालीरहेको बताउँदै  भारतमा रहेको फ्रान्सेली संयुक्त लगानीलाई नेपालमा आकर्षित गर्न आफ्नो तर्फबाट प्रयास भइरहेको जानकारी गराए ।   महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजवूद पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजजेश फोरम जस्ता मञ्चको अधिकतम प्रयोगमा जोड दिए । नेपाल बाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न आग्रह गरे । पर्यटन तथा आतिथ्यता क्षेत्रमा रहेको फ्रान्सको विज्ञता नेपालको पर्यटन प्रवर्द्धनमा पनि आकर्षण गर्नुपर्ने सुझाव उनको थियो । बैंकिङ क्षेत्रमा पनि लगानीको सम्भाव्यता रहेको उनले स्पष्ट पारे । 

सम्बन्धित सामग्री

व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र छैन : अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवासाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताएका छन्।मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लगानीकर्ताको हिसाबले व्यवसायका लागि नेपाल जस्तो सम्भावनाको ठाउँ अन्यत्र नरहेको बताए।उनले कोभिड १९, रुस—युक्रेन युद्धका कारण व्यवसायलाई केही असहजता भए पनि भविष्यका लागि नेपालमा लगानी गर्न महत्वपूर्ण हुने बताए।उनले नीतिगत कारण र नियमनकारी निकायको समन्वय नहुँदा समस्या परेको

पढेर विदेश जानुभन्दा अवसर यहीँ छ : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज आयोजना गरिएको कृषि उद्यमबाट संवृद्धि विषयक कार्यक्रममा उनले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताए । विद्यार्थी र ओलीबीच प्रश्नोत्तर शैलीमा […]

सरकारले अवसर दिए निजी क्षेत्रले देशमा समुन्नति ल्याउँछ : अध्यक्ष गाेल्छा

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले देशमा समुन्नति ल्याउने बताउनुभएको छ ।  मङ्गलवार महासङ्घको ५७ औँ वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो धारणा राख्नुभएको हो । उहाँले उद्योगी तथा व्यवसायीबीचको सहकार्य सर्वसाधारण र सरकारको समुन्नतिका लागि हुनुपर्ने बताउनुभयो ।  अध्यक्ष गाेल्छाले पछिल्लो समय अर्थतन्त्रमा देखिएको निराशा लामो समय नरहने उल्लेख गर्नुभयाे । उहाँले तत्कालका लागि व्यवसायमा कठिन भए पनि व्यवसायीले नै देशमा सम्मुन्नत...

मलाई देशको प्रमुख बन्ने अवसर आएको छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्ने अवसर आएको बताएका छन्।...

निर्वाचन सामान्य नभएर देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताएका छन् । झापाको धुलावारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको बताए ।झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उनको भनाइ थियो । साथै उनले प्रहरी प्रशासनलाई गैरकानूनी क्रियाकलाप रोक्न आग्रह गरे । उनले पार्टीका नेता तथा कार्यकर्तालाई कानूनको पूर्णपालन

चुनाव देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे चुनाव सामान्य चुनावमात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनुभएको छ । झापाको धुलाबारीमा आज बुधवार अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगले निष्पक्ष ढङ्गले चुनाव गर्नेमा आफू आशावादी भएको बताउनुभयो । झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने काम निर्वाचन आयोगले रोक्नुपर्ने उहाँको भनाइ थियो । साथै उहाँले प्रहरी प्रशासनलाई गैरकानुनी क्रियाकलाप रोक्न पनि आग्रह गर्नुभयो ।  अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्ताला...

‘अवसर नपाए पार्टी र नेताहरूलाई गाली गर्ने प्रवृत्ति देखियो’

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अवसर नपाए पार्टी र नेताहरूलाई गाली गर्ने प्रवृत्ति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका छन् ।  बिहीबार  अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफूलाई अवसर दिए उचित र अरुलाई अवसर दिँदा नकारात्मक रुपमा लिने प्रवृत्ति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका हुन् ।  त्यस्तै अध्यक्ष […]

क्षमतावान महिलालाई एमालेले अवसर दिन्छः अध्यक्ष ओली

काठमाडौं, साउन २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले गरेको व्यवस्था अनुसार आगामी निर्वाचनमा क्षमतावान महिलाहरूलाई आफ्नो पार्टीले अवसर प्रदान गर्ने बर्ताएका छन् । काठमाडौमा आज आयोजित युवाहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले ३३ प्रतिशत महिलालाई पार्टीले निर्वाचनमा जिताउने सुनिश्चित गरेको बताए । अध्यक्ष ओलीले अहिलेसम्म नातावाद र कृपावादबाट आफु टाढा रहेकोले आफूले सबैलाई […]

राससमा चुनौतीभन्दा अवसर धेरै अध्यक्ष झा

राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा चुनौतीभन्दा अवसर धेरै देखेको बताउनुभएको छ । आज रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्दै उहाँले मुलुक सङ्घीय संरचनामा गइसकेको र सञ्चार क्षेत्रमा आएको आमूल वृद्धि विकासलाई राससले अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राससमा देशका सक्षम, योग्य र सम्बन्धित विषयका जानकार जनशक्ति हुनुहुन्छ, …

नेपालमा लगानीको पर्याप्त अवसर : अध्यक्ष गोल्छा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा पर्याप्त लगानीको अवसर रहेको बताएका छन्। नेपाल–फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकमा बोल्दै उलने नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढेकाले पूर्वाधार, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन र कृषि प्रशोधनमा विदेशी लगानीको सम्भावना रहेकाले फ्रान्सेली लगानीकर्ताले यस क्षेत्रमा लगानी गर्न सक्ने बताए।