रूपान्तरण चाहनेहरू एक ठाउँमा नबस्नु दुर्भाग्य : कोइराला

कांग्रेसको १४ औं महाधिवेशनमा प्यानल बनाएर निर्वाचनमा भाग लिएका शेखर कोइराला समूहका नेताहरूले पार्टीमा रूपान्तरण चाहने शक्ति एक ठाउँ बस्न नसक्नु दुर्भाग्य भएको बताएका छन् । आफूले पदका लागि नभएर विचार स्थापित गर्न चाहेको उनीहरूले बताए ।