प्रधानमन्त्री शेरबहादुर देउवा र बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेबीच बागमती प्रदेश सरकार सञ्चालन र प्रदेशका विविध पक्षका बारेका छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भएको भेटघाटमा मुख्यमन्त्री पाण्डेले साझा अधिकारका सूचीका विषयहरूमा आवश्यक ऐन, नियम तर्जुमा एवं संशोधन गरी कार्यान्वयन गर्न सके मात्र देश सङ्घीयतामा गएको र सोहीअनुसार सरकार चलेको अनुभूति गर्न सकिने भएकाले यसतर्फ प्रधानमन्त्रीले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।