सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा ऐनलाई छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घको ३१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री जोशीले उक्त कुरा बताउनुभएको हो । “संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा ऐन चाँडो पास गर्नुपर्ने आवश्यकता छ । ऐनमा के कस्ता व्यवस्था छन् …