काठमाडौं । एमेच्योर वाङचेन धोन्डुपले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन सोमबार अग्रता बनाउन सफल भएका छन् ।
सूर्य नेपाल गल्फ टुर २०२१/२२ को अन्तिम प्रतियोगितामा वाङचेनले सात अन्डर ६७ स्कोर गरेका छन् । वाङचेनले दोस्रो स्थानका खेलाडीलाई तीन स्ट्रोक्सले पछि पारेका हुन् । चार अन्डर ६८ स्कोर गरेका भुवन...