गोकर्ण गल्फ क्लबमा मंगलबार सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरु भएको छ । यस प्रतियोगिताले सिजनको ‘नम्बर वान गल्फर’ को तय गर्नेछ । प्रो भुवन नगरकोटीले नम्बर वानको ताज जोगाउन यस प्रतियोगिता जित्नुपर्नेछ । सूर्य नेपाल गल्फ टुर सिजन २०२३/२४ को यो अन्तिम प्रतियोगिता हो ।