५ असार, काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले भ्रष्टाचार, सेटिङ र पूर्वाग्रहमा संलग्न न्यायाधीशमाथि छानबिन अघि बढाउन माग गरेको छ । राजधानीमा सम्पन्न दुई दिने कार्यशाला गोष्ठीपछि आइतबार बारले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार र सेटिङमा संलग्न सर्वोच्चदेखि जिल्ला अदालतसम्मका न्यायाधीशमाथि छानबिन हुनुपर्ने माग गरिएको छ । आफूहरुको आन्दोलनको बलमा संघीय संसदमा प्रधानन्यायाधीश […]