प्रिमियम सेग्मेन्टमा ‘आयोनीक-फाइभ’लाई अब्बल बनाउने ५ कारण

काठमाडौं । विद्युतीय कारको बजार हिस्सा पछिल्ला महिनामा ७५ देखि ८० प्रतिशतसम्म पुग्न थालेको छ । विशेषगरी २५ लाखदेखि ६५ लाख मूल्य भित्र पाइने विद्युतीय कारले बजारमा आफुलाई बलियोसँग स्थापित गरेको देखिन्छ । प्रिमियम सेग्मेन्टमा पनि बीएमडब्लू, टेस्ला, अउडी, बीवाइडी, किया, हुन्डाई हुँदै दिपलसम्मले कार बजारमा ल्याएका छन् । यी ब्राण्डले प्रिमियम सेग्मेन्टमा बिक्री गर्दै […]

सम्बन्धित सामग्री

दुई प्रिमियम एड्भेन्चर बाइकमा तपाईको रोजाई कुन ? यस्ता छन् भिन्नता

काठमाडौं । एड्भेन्चर मनपर्नेहरुको लागि नेपाल सधैँ अब्बल गन्तब्य हो । यहाँका सडकदेखि पहाडी र हिमाली क्षेत्र एड्भेन्चर टुरिजमको लागि प्रख्यात छन् । त्यसैले यहाँ एड्भेन्चर सेग्मेन्टका मोटरसाइकलको बिक्री बढ्दै गइरहेको छ । केहि वर्ष अघिसम्म सस्तो मूल्यका एड्भेन्चर मोटरसाइकल मात्रै फाट्टफुट्ट बिक्री हुने हाम्रो बजारमा अब भने ठूला र प्रिमियम एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा प्रतिस्पर्धा […]

टोयोटाको नयाँ क्रसओभर नेपाल आउँदै, कम मूल्यको प्रिमियम मोडल बन्ने

काठमाडौं । टोयोटा नेपालको लागि प्रिमियम ब्राण्ड मानिन्छ । विश्वभर मास मार्केट ब्राण्ड भएपनि सरकारले लगाएको राजस्वको कारण नेपालमा धेरै मूल्य तिर्नु पर्दा प्रिमियम भएको हो । मूल्य बाहेक पनि गुणस्तर, सुरक्षा र टिकाउपनमा टोयोटा अब्बल ब्राण्ड मानिन्छ । विगत ५८ वर्षदेखि टोयोटा नेपाली बजारमा उपलब्ध गराउँदै आएको बैद्ययज् अर्गनाइजेशन अन्तर्गतको यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले […]

बीएमडब्लूको ‘आईएक्स–३’ नेपालमा

काठमाडौं । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूले ‘आईएक्स–३’ मोडल नेपालमा सार्वजनिक गरेको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आईएक्स–३ नेपाल ल्याएको बताइएको छ । बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक विक्री हुने मोडल रहेको कम्पनीको दाबी छ । प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसमा ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर जडित छ । कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पिएस र टर्क ४०० न्यूटन मिटर रहेको बताइएको छ । यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको बताइएको छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ ।

बीएमडब्लूको सर्वाधिक सफल इलेक्ट्रिक एसएभी ‘आईएक्स–३’ नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको सर्वाधिक सफल मोडल ‘आईएक्स–३’ नेपालमा सार्वजनिक भएको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल ‘एक्स–३’को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले इलेक्ट्रिक मोडल ‘आईएक्स–३’ नेपाल ल्याएको हो ।  बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक विक्री हुने मोडल हो ।  ‘नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै शून्य कार्वन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको मागबमोजिम अल–इलेक्ट्रिक एसएभी आईएक्स–३ सार्वजनिक गरेका हौं,’ कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।  निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष हो । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर छ ।  यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ ।  कारमा १६ ओटा स्पीकर प्रयोग गरिएको छ । हर्मोन कार्डनको साउन्ड सिस्टम भएको कारण यसमा संगीतको उत्कृष्ट अनुभव लिन सकिने कम्पनीको भनाइ छ ।  यसको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्विल, एम्बियन्ट लाइटको कारण क्याबिनले निकै प्रिमियम फिल गराउने कम्पनीको भनाइ छ । स्टाइलिस डिजाइनमा तयार भएको एसएभीमा २० इन्चको एरोडायनामिक ह्विल पाउन सकिन्छ ।  काठमाडौंको तीनकुनेमा सुविधा सम्पन्न शोरुम संचालन गरिरहेको लक्ष्मी प्रिमियम मोटर्सले २०२० देखि बीएमडब्लूका विभिन्न उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ ।  कम्पनीको प्रोडक्ट लाइनअपमा BMW X1 sDrive18i, BMW X3 xDrive 20i, BMW X5 xDrive45e (PHEV), BMW 5 Series (PHEV) and BMW 7 Series उपलब्ध छन् ।  पेट्रोलियमबाट चल्ने एक्स–३ मा बलियो उपस्थिति बनाएको बीएमडब्लूले आईएक्स–३ को सहयोगले प्रिमियम इलेक्ट्रिक भेहिकल सेग्मेन्टमा पनि आफूलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

ग्यालेक्सी एस २३ सिरिजको बिक्री सुरू

काठमाडौं । सामसङ्गले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस २३ स्मार्टफोनलाई बजारमा उपलब्ध गराएको छ । देशभरका डिलरमा एस २३ सिरिजको लञ्च भइसकेको र बिक्री सुरू गरिसकेको कम्पनीले जनाएको छ । २०० एमपी एडप्टिभ पिक्सेल सेन्सर र प्रतिष्ठित एम्बेडेड एस पेन, अल्टिमेट प्रिमियम फोन अनुभूतिको र एपिक क्यामराजडित रहेको कम्पनीले जनाएको छ । प्रयोगकर्तालाई […]

आइफोन, आइप्याड प्रयोगकर्ताको १५ अर्ब डलर जोगाइदियो एप्पलले

२२ जेठ, काठमाडौं । एप्पलका डिभाइसहरु केवल प्रिमियम गुणस्तर तथा मूल्यका कारण मात्र लोकप्रिय छैनन् एप्पलले आफ्ना डिभाइसहरुलाई प्रयोगकर्ताको सुरक्षाको दृष्टिकोणले पनि अब्बल बनाउने गरेको छ । हलै एप्पलले आइफोन प्रयोगकर्ताका डाटाहरु ब्लाक मार्केटमा विक्रि हुनबाट कसरी जोगाइएको छ भन्ने तथ्यको खुलासा गरेको छ । एप्पल प्रयोगकर्ताको अर्बौँ डलर रकम गत वर्ष सन् २०२१ मा […]

टीभीएस राइडरलाई अब्बल बनाउने ७ कुरा

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी टीभीएसले बजारमा ल्याएको राइडर निकै चर्चामा रहन सफल भएको मोटरसाइकल हो । टीभीएसले १२५ सीसी सेग्मेन्टमा ल्याएको राइडरमा निकै प्रिमियम फिचरहरु ग्राहकले पाउने छन् । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले केही दिन भित्रै बजारमा ल्याउन लागेको राइडर १२५ मा ग्राहकले चासो व्यक्त गर्न थालिसकेका छन् । यस्तोमा कम्पनीले ल्याउन […]

रेनो क्याप्चरको प्रि–बुकिङ खुला

बिशाल ग्रुपअन्तगर्तको कम्पनी एड्भान्स अटोमोवाइल प्रालिले रेनोको बहुप्रतिक्षित एसयूभी क्याप्चरको नेपालभर प्रिबुकिङ खुला गरेको छ । नेपाली बजारमा आउन लागेको रेनो क्याप्चर नयाँ प्रिमियम फिचर सहित आफ्नो सेग्मेन्टमा अब्बल रहेको कमपनीले जनाएको छ ।

वन प्लस फाइभः आफ्नो मूल्य सेगमेन्टको अब्बल फोन

विश्व बजारमा ‘वनप्लस’ व्राण्डको निकै चर्चा हुनेगर्छ। चिनिया ब्राण्ड वन प्लसले सन् २०१३ देखि मात्र फोन उत्पादन थालेको हो। चार वर्षको यस अवधिमा यस ब्राण्डले विश्व बजारमा आफ्नो छुट्टै परिचय कायम गरिसकेको छ। वनप्लसलाई प्रिमियम स्मार्ट फोनका रुपमा लिइन्छ। आफ्नो मूल्य सेगमेन्टका अन्य कम्पनीको भन्दा उत्कृष्ट फिचर्स वनप्लसमा पाउन सकिन्छ। अन्तराष्ट्रिय बजारमा निरन्तर राम्रो प्रतिक्रिया…