सञ्चय कोषको लगानी सवा ४ खर्बमाथि

काठमाडौं । कर्मचारी सञ्चय कोषको कुल लगानी सवा ४ खर्ब नाघेको छ । कोषले सार्वजनिक गरेको वित्तीय विवरणमा गत आर्थिक वर्ष २०७७/७८ सम्ममा लगानी रू. ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको हो । कोषले विभिन्न आयोजना, परियोजना र संस्थामा ऋण तथा शेयर लगानी गरेको कुल स्रोत भने ४ खर्ब ४४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । जगेडा कोष तथा बचतमा रू. ४० अर्ब १६ करोड रहेको र सञ्चयकर्ताको सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । यस्तै निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड र दायित्व ४ अर्ब ६७ करोड रहेको सञ्चय कोषले बताएको छ । सञ्चय कोषले सञ्चित रकममा ६ दशमलव ५० प्रतिशत ब्याज दिँदै आएको छ । कोषले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट शुरू मौज्दातको आधारमा १ प्रतिशत मुनाफा प्रदान गर्ने घोषणा पनि गरेको छ । सञ्चयकर्ताले सञ्चय कोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक ऋण, सरल कर्जा र घर मर्मत सापटी शीर्षकमा ऋण सुविधा पाउँदै आएका छन् । सञ्चयकर्ताले सञ्चयकोषमा रहेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउँछन् । यसको कर्जा अवधि सेवाकालसम्म रहन्छ, जसको ब्याजदर ७ दशलव ६० प्रतिशत छ । सञ्चयकर्ताको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ : अर्थमन्त्री कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरू उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । कोषको ६०औं वार्षिकोत्सव समारोहको भर्चुअल रूपमा उद्घाटन गर्दै मन्त्री शर्माले उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्ने र व्यापार घाटा कम गर्न सहयोग पुग्नेछ । सञ्चयकर्ताको बोनस रकम समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा शर्माले जोड दिएका छन् । कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताका लागि सहज वातावरण सृजना गर्नुपर्ने मन्त्री शर्माको धारणा छ । कोषका निमित्त प्रशासक जितेन्द्र धितालले एकीकृत अवकाश कोषको माध्यमबाट कोषलाई सार्वजनिक क्षेत्रको उत्कृष्ट सामाजिक सुरक्षा प्रदायक संस्थाको रूपमा विकास गरिने बताए । उनले ६० वर्ष पुगेको अवसरमा आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्दै कोषको आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाइ संस्थागत सुशासन कायम गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित सामग्री

नेपाल एयरलाइन्सले सञ्चय कोष र लगानी कोषलाई तिर्‍यो ५३ करोड किस्ता

२९ पुस, काठमाडौं । नेपाल एयरलाइन्सले जहाज खरिदवापत चालु आर्थिक वर्ष २०८०/८१ को पुस महिनाको किस्तावापत ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिदवापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्तावापत २९ पुस (आइतबार) ५३ करोड ९ लाख ५५ हजार […]

निगमद्वारा लगानी कोषको ऋण भुक्तान

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्व किस्ता रकम भुक्तानी गरेको छ।...

निगमले तिर्‍यो ७३ करोड रुपैयाँ किस्ता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ७३ करोड नौ लाख ५५ हजार रुपैयाँ किस्ता भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरू खरिद...

वायु सेवा निगमले ७३ करोड रुपैयाँ किस्ता तिर्‍याे, ऋण ४२ अर्बभन्दा धेरै पुग्याे

काठमाण्डाै – नेपाल वायु सेवा निगमले पछिल्लो कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणको किस्ताबापतको ७३ करोड नाै लाख रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ता हिजो साेमवार तिरिएको निगमले जनाएको छ । कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको ५३ करोड र नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड गरी ७३ करोड नाै लाख रुपैयाँ रकम भुक्तानी गरिएको निगमले जानकारी दिएक...

बैंकले कडाइ गर्दा सञ्चय कोषको कर्जा लगानी बढ्दै

काठमाडौँ,६ भदौ । कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका साथै कर्जा लगानी सुलभ रुपमा प्रदान गरिरहेको छ ।कोषले सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार, कर्मचारी कल्याण योजना, घर सापटी, जग्गा खरिद सापटीलगायत सुविधा दिनाका साथै सञ्चयकर्ताको व्यक्तिगत ‘केवाइसी’ विवरण अद्यावधिक गरिरहेको छ । सञ्चय कोष शाखा कार्यालयका प्रमुख धु्रव तिवारीले […]

वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्‍यो १ अर्ब ३५ करोड

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरेको छ । निगमले डेढ वर्षको दौरानमा तिर्न नसकेको किस्ता रकम निगमको नयाँ व्यवस्थापन आएसँगै आठ महिनामा आर्थिक सुधार भएकाले उक्त रकम भुक्तानी गर्न सफल भएको निगमका एक उच्च अधिकारीले […]

नेपाल एयरलाइन्सले दुई कोषलाई तिर्‍यो १ अर्ब ३५ करोड ऋण

५ साउन, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो पटक ३० असार २०७९ मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ता वापतको रकम तिरेको निगमकी प्रवक्ता अर्चना […]

वायुसेवा निगमले तिर्यो सञ्चय कोष र नागरिक लगानी कोषको १ अर्ब ३५ करोड ऋण

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ता तिरेको छ । निगमले  असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता बापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी संचय कोषको हकमा न्यारोबडी जहाज खरिद वापतको १५ करोड र वाइडबडी जहाज खरिद वापतको १५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता बापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ । त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको क्षण दायित्वको किस्ता बापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ।विगतमा विश्वव्यापी कोरोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी दैि गर्दा निगम पनि अप्ठयारो समयबाट गुजिनु परेको यथार्थका बीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गएको निगमले जनाएको छ। पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसंगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासंगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण उक्त किस्ता तिर्न सहज भएको निगमले उल्लेख गरेको छ ।

वायु सेवा निगमले सञ्चय कोष र लगानी कोषलाई १ अर्ब ३५ करोड रुपैयाँ किस्ता तिर्‍याे

काठमाण्डाै – नेपाल वायु सेवा निगमले पछिल्लो पटक २०७९ असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।  कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषलाई न्यारोबडी जहाज खरिदबापतको ४५ करोड र वाइडबडी जहाज खरिदबापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ताबापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ । त्यसैगरी नागरिक लगानी कोषलाई पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबा...