वायुसेवा निगमले तिर्यो सञ्चय कोष र नागरिक लगानी कोषको १ अर्ब ३५ करोड ऋण

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ता तिरेको छ । निगमले  असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता बापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी संचय कोषको हकमा न्यारोबडी जहाज खरिद वापतको १५ करोड र वाइडबडी जहाज खरिद वापतको १५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता बापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ । त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको क्षण दायित्वको किस्ता बापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको निगमले उल्लेख गरेको छ।विगतमा विश्वव्यापी कोरोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी दैि गर्दा निगम पनि अप्ठयारो समयबाट गुजिनु परेको यथार्थका बीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गएको निगमले जनाएको छ। पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसंगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासंगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण उक्त किस्ता तिर्न सहज भएको निगमले उल्लेख गरेको छ ।