काठमाण्डाै – नेपाल वायु सेवा निगमले पछिल्लो कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणको किस्ताबापतको ७३ करोड नाै लाख रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ता हिजो साेमवार तिरिएको निगमले जनाएको छ ।
कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको ५३ करोड र नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको २० करोड गरी ७३ करोड नाै लाख रुपैयाँ रकम भुक्तानी गरिएको निगमले जानकारी दिएक...