सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य निर्वाचन मात्र नभई न्याय र अन्याय, अग्रगमन र प्रतिगमन बीचको लडाइँ भएको बताउनुभएको छ। बिहीबार सिराहामा आयोजित सहिद रामप्रताप साह प्रवेशद्वार तथा नगर अस्पताल भवन शिलान्यास कार्यक्रममा उहाँले देशमा संविधान र गणतन्त्र उल्ट्याउन दक्षिणपन्थी र हिजोका राजावादीबीच साँठगाँठ बढेको पनि बताउनुभयो।
म्याग्दी- नेकपा (माओवादी केन्द्र ) म्याग्दीले २७औं जनयुद्ध दिवसको अवसरमा बेनीमा सहिदमदन स्मृतिभवनको शिलान्यास गरेको छ । बेनी नगरपालिका–७ मा रानथानमा जनयुद्ध दिवसको अवसर पारेर आयोजित कार्यक्रममा जनयुद्धमा म्याग्दीका सहिद मदन केसीका आमा खिमकुमारी केसीले पार्टीको जिल्ला कार्यालय भवन शिलान्यास गरेकी हुन् ।भवनको शिलान्यासमागण्डकी प्रदेश सभा सदस्य विनोद केसी, जिल्लाइन्चार्ज गोविन्द पौडेल, जिल्ला संयोजक तथा […]
गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणाधीन निजामती स्मारकमा पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्य र मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक निर्माण गरिने भएको छ ।
विसं २०१३ भदौ २२ गते निजामती ऐन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री आचार्य र मुख्यसचिव थापाको शालिक शिलान्यास गर्न लागिएको राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।
यही भदौ २२ गते निज...
शहिद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसरमा धनुषामा विविध कार्यक्रम गरि मनाएको छ ।बुधबार धनुषाको नेकपा माओवादी केन्द्र धनुषाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण हुन नसकेकाले पालिका स्तरमै सहिद रामबृक्ष यादवको स्मृति दिवस मनाएको हो ।सो अवसरमा धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित रामबृक्ष यादवको गृहनगरमा पूर्व मन्त्री तथा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले सहिद रामबृक्ष मञ्चको शिलान्यास गरेका छन् ।त्यस्तै रक्तदान कार्यक्रम समेत भएको माओवादी केन्द्र गणेशमान चारनाथ नगरका संयोजक महेशल
काठमाडौं : अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा निर्माण गरिने 'विद्यार्थी सहिद पार्क'को मंगलबार सहिद दिवसको अवसर पारेर शिलान्यास गरिएको छ। काभ्रेको नमोबुद्व आयोजना नगरपालिका वार्ड नं ९ स्थित कुरगाउँमा उक्त पार्कको शिलान्यास गरिएको हो।
सहिदहरुको सम्झनामा नेपालकै एक मात्र विध्यार्थी सहिद पार्क निर्माण गर्ने उद्देश्यले...
गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा ‘राष्ट्रिय सहिद तथा निजामती पार्क’ बनाउन २०६८ सालमा शिलान्यास भएको थियो । शिलान्यासपछि ६ वर्ष बित्दा त्यस डाँडामा २७ करोड ३२ लाख ८१ हजार रुपैयाँ सकिएको छ । सहिदका नामको पार्कमा संग्रहालय, पिरामिड, मूर्तिस्थल, पिकनिक क्षेत्र, शान्तिस्तूप, चैत्य, सार्वजनिक शौचालय, बगैंचा, पैदल मार्गलगायत बनाउने योजना कागजमै सीमित छ ।
प्रतिनिधिसभा सदस्य एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले जेल्बाङका सहिद परिवार मंगले बुढाको घर शिलान्यास गरेका छन् । मंगलबार पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरासँगै जेल्बाङ पुगेका वर्षमानले बुढाको घर दुई महिनामै निर्माण गर्ने...पूरा पढ्नुहोस् »