निजामती स्मारकमा पूर्वप्रधानमन्त्री आचार्य र पूर्व मुख्यसचिव थापाको शालिक

गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणाधीन निजामती स्मारकमा पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्य र मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक निर्माण गरिने भएको छ । विसं २०१३ भदौ २२ गते निजामती ऐन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री आचार्य र मुख्यसचिव थापाको शालिक शिलान्यास गर्न लागिएको राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।   यही भदौ २२ गते निज...