२७ करोड सकियो, देखिँदैन उपलब्धि

गोकर्ण यज्ञडोल डाँडामा ६ सय ५० रोपनी सामुदायिक वनमा ‘राष्ट्रिय सहिद तथा निजामती पार्क’ बनाउन २०६८ सालमा शिलान्यास भएको थियो । शिलान्यासपछि ६ वर्ष बित्दा त्यस डाँडामा २७ करोड ३२ लाख ८१ हजार रुपैयाँ सकिएको छ । सहिदका नामको पार्कमा संग्रहालय, पिरामिड, मूर्तिस्थल, पिकनिक क्षेत्र, शान्तिस्तूप, चैत्य, सार्वजनिक शौचालय, बगैंचा, पैदल मार्गलगायत बनाउने योजना कागजमै सीमित छ ।