पछिल्लो समय लोकप्रिय हुँदै गइरहेको राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभले नेपालमा दर्ता प्रक्रिया सुरू गरेको छ ।
इन्ड्राइभले विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन बमोजिम नेपालमा कानुनी संस्था दर्ता गराउने प्रक्रिया सुरू गरेको हो ।
इन्ड्राइभकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले गत नोभेम्बरमा आवश्यक विदेशी लगानीका लागि उद्योग विभागमा आवेदन दिएको बताइन्...