काठमाण्डाै – गएको आर्थिक वर्षमा नेपालमा तीन सय ८६ वटा उद्योग दर्ता भएका छन् । स्वदेशी र विदेशी गरी एक खर्ब ८८ अर्ब रुपैयाँ लगानीका तीन सय ८६ वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।
यसमध्ये एक खर्ब ५६ अर्ब रुपैयाँ स्वदेशी लगानीका दुई सय तीन वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार ११ हजार आठ सय ८३ जनालाई रोजगारी दिने गरी एक खर्ब ५६ अर्ब रुपैयाँको स्वदेशी लगानीका साना, मझौला र ठूला उद्योग दर्ता भएका हुन् ।
यस्तै गएको वर्ष ३२ अर्ब दुई करोड रुपैयाँको विदेशी लगानी स्वीकृत भएको छ । ...