साढे नौ महिनामा दुई सय ३५ उद्योग दर्ता झन्डै दुई खर्बको लगानी प्रतिबद्धता
आर्थिक मन्दीकै बीच साढे नौ महिनामा नेपालमा स्वदेशी तथा विदेशी लगानीका दुई सय ३५ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको २० वैशाखसम्म दर्ता भएका यी उद्योगमार्फत एक खर्ब ८९...
१९ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनाको अवधिमा नेपालमा १७२ वटा नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार साउन देखि मंसिर सम्म उक्त संख्यामा उद्योग दर्ता भएको देखिएको छ । यी उद्योगले प्रस्ताव गरेको लगानीको आकार झण्डै १ खर्ब रुपैयाँ हुन आउने विभागको तथ्यांकमा उल्लेख छ । विभागका […]
चालू आर्थिक वर्ष ०७९/८० को पहिलो सात महिना (साउन–माघ)मा उद्योग विभागमा स्वदेशी तथा विदेशी लगानीका एक सय ५३ उद्योग दर्ता भएका छन् । यी उद्योगमा एक खर्ब ८५ अर्ब रुपैयाँ लगानी...
काठमाडौं, माघ ७। चालू आर्थिक वर्षको छ महिनामा (साउन–पुस)सम्ममा स्वदेशी लगानीका उद्योग दर्तामा कमी आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९/८० को पहिलो छ महिनामा १४५ उद्योगमार्फत एक खर्ब ३९ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५५ उद्योगमार्फत एक खर्ब ९० अर्ब रुपैयाँ लगानी स्वीकृत […]
चालू आर्थिक वर्षका पहिलो दुई महिनामा ७३ अर्ब ३८ करोड रुपैयाँ लगानीका ६६ उद्योग दर्ता भएका छन् । स्वदेशी तथा विदेशी लगानी रहने गरी कुल लगानीमध्ये ६३ अर्ब ६४ करोड स्थिर...
घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ । वाणिज्यतर्फ ३७५ नया दर्ता भएका छन् भने ३५८ वटा नवीकरण भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा ९७० घरेलु उद्योग दर्ता भएको थियो । आव ०७७/२०७८ मा ३६९ उद्योग नवीकरण गरिएका छन् । वाणिज्यतर्फ एक वर्षक
लमजुङ – घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ । वाणिज्यतर्फ ३७५ नयाँ दर्ता भएका […]
काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा स्वेदेशी र विदेशी गरी एक सय ५४ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार गएकाे आर्थिक वर्षको ६ महिनामा एक सय तीन वटा उद्योग दर्ता भएकोमा यो वर्ष साउनदेखि पुससम्म ५१ वटाले बढेर एक सय ५४ वटा पुगेका छन् । जसमध्ये ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग रहेका छन् ।
यी उद्योगमा एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । यसमध्ये ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव हो भने बाँकी स्वदेशी रहेको छ । गएकाे आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा ७२ ...
कोभिड महामारीका कारण अर्थतन्त्रमा निराशा पैदा भए पनि चालू आर्थिक वर्षको पहिलो महिनामा उद्योग दर्ता उत्साहजनक देखिएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९को पहिलो तीन महिनामा स्वदेशी र विदेशी लगानीका गरी कुल एक खर्ब ४४ अर्ब रुपैयाँ बराबरको लगानीका उद्योग दर्ता भएका छन् ।विभागका अनुसार साउनदेखि असोज मसान्तसम्म स्वदेशी लगानीका ८७ उद्योग दर्ता […]
चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ८७ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागले दिएको जानकारी अनुसार साउनदेखि असोज महिनासम्ममा स्वदेशी तथा विदेशी गरेर ८७ वटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगहरुमा कुल १ खर्ब २२ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको छ । उक्त लगानी प्रस्तावबाट ८ हजार १३४ जनाले रोजगारी पाउने विभागले बताएको छ । यसमध्ये १०७ वटा विदेशी लगानीले स्वीकृती पाएका छन् भने २४ अर्ब रुपैयाँ बराबरको नयाँ विदेशी लगानी प्रस्ताव भएका छन् ।तीन महिनाको अवधिमा प्याटेन्ट दर्ता शून्य रहँदा ५
जुम्ला-कोरोना कहरका बीच पनि जुम्लामा उद्योग दर्तामा उल्लेखनीय वृद्धि भएको छ । विगतको तुलनामा गएको चैतदेखि मंसिर अन्तिमसम्मको तथ्यांकअनुसार ९ महिनामा मात्रै करिब साढे तीन सय बढी उद्योग दर्ता भएका छन् ।उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका अनुसार ०७६ चैत देखि ०७७ मंसिर अन्तिम सम्म जुम्लामा ३ सय १५ उद्योग दर्ता भएका छन् । […]