बिमा कम्पनीहरुले जेठ ७ देखि कृषि बिमालेख स्थगित गर्ने निर्णय गरेका छन् । राज्यको नीति अनुसार सरकारले कृषि बिमामा दिनुपर्ने अनुदानबापतको रकम नदिएको भन्दै कृषि बिमालेख जारी नगर्ने नेपाल बिमक संघले निर्णय गरेको हो । संघका अनुसार सरकारले कृषि बिमा शुल्कमा तोकेको अनुदान रकमबापत करिब ३ अर्ब रुपैयाँ बिमा कम्पनीलाई तिर्न बाँकी छ ।